NewsCenterNepal.com https://www.newscenternepal.com Nepali News From Nepal Mon, 20 Jan 2020 14:06:48 +0000 en-US hourly 1 https://wordpress.org/?v=4.9.4 महिलाहरु नेतृत्व तहमा आउनु पर्छ :उप प्रमुखथारु https://www.newscenternepal.com/2020/01/18121 https://www.newscenternepal.com/2020/01/18121#respond Mon, 20 Jan 2020 14:06:32 +0000 https://www.newscenternepal.com/?p=18121 दिपक के.सी माघ ६, कपिलवस्तु – कपिलवस्तु शिवराज नगरपालिका उप प्रमुख शिवकुमारी थारुले महिलाहरु चुलो चौको र घरधन्दामा मात्रै सिमिति नभइ नेतृत्व तहमा आउनु पर्ने बताउनु भएको छ । महिलाहरुको सिप र क्षमताको विकास गर्दै घर भन्दा बाहिर नेतृत्व गर्न सक्ने बन्नु पर्नेमा उहाँ जोड दिनु भएको थियो । महिलाहरुको क्षमता विकास तथा ससक्तिकरण कार्यक्रमको […]

The post महिलाहरु नेतृत्व तहमा आउनु पर्छ :उप प्रमुखथारु appeared first on NewsCenterNepal.com.

]]>
दिपक के.सी माघ ६, कपिलवस्तु –

कपिलवस्तु शिवराज नगरपालिका उप प्रमुख शिवकुमारी थारुले महिलाहरु चुलो चौको र घरधन्दामा मात्रै सिमिति नभइ नेतृत्व तहमा आउनु पर्ने बताउनु भएको छ । महिलाहरुको सिप र क्षमताको विकास गर्दै घर भन्दा बाहिर नेतृत्व गर्न सक्ने बन्नु पर्नेमा उहाँ जोड दिनु भएको थियो । महिलाहरुको क्षमता विकास तथा ससक्तिकरण कार्यक्रमको समापनमा बोल्दै उप प्रमुख थारुले यस्तो बताउनु भएको हो ।

शिवराज नगरपालिका वडा नं। ५को आर्थिक सहयोग र दियालो नेपालको आयोजनामा संचालित कार्यक्रमको समापनमा बोल्दै सिकेका कुरालाई व्यवहारमा प्रयोग गर्न सके महिलाहरु शसक्त बन्न सकिने उप प्रमुख थारुले बताउनु भयो । नेतृत्व तह सम्म पुग्न आफ्नो कुरा अरु समक्ष राख्न , आफ्नो अधिकारको प्रयोग र कर्तव्य पालन गर्दै सामाजिक काममा पनि महिलाहरु अग्र भागमा आउनु पर्ने उहाँले बताउनु भयो । नगरले महिलाहरुको सिप विकासमा जोड दिदै उद्यमशिलतालाई पनि जोड दिएको उहाँले बताउनु भयो ।

यस आर्थिक बर्षमा सामाजिक विकास अन्तर्गत महिलाको व्यवसायिक क्षमता बढाउन ,अचार बनाउने तालिम, सिलाइकटाई जस्ता तालिमहरु समेत रहेको उप प्रमुख थारुले बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं। ५का अध्यक्ष अर्जुन बहादुर पाण्डेले वडाले सामाजिक विकास अन्र्तगत वडा भित्रका महिलाहरुको क्षमता अभिवृद्धी गर्न कार्यक्रम ल्याएको जनाउनु भयो । भौतिक विकास मात्रै विकास नभएर सामाजिक विकास पनि हुनु पर्ने र त्यसका लागी महिलाहरु शसक्तिकरण हुनु पर्ने अध्यक्ष पाण्डेले बताउनु भयो । वडाका महिलाहरुको क्षमता वृद्धि गर्न यस्ता कार्यक्रमहरुले महत्वपूर्ण भूमिका खेल्ने समेत उहाँले बताउनु भयो ।

३ दिन सम्म संचालन भएको कार्यक्रममा वडाका ४० जना महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजकर्ता अधिकार कर्मी मिना परियारले कार्यक्रम भरी महिला अधिकार, नेतृत्व विकास सम्बन्धी सहभागिलाई जानकारी दिनु भएको थियो । कार्यक्रममा व्यवस्थापक चन्द्र पोखरेलको अध्यक्षता, नगर उप प्रमुख शिवकुमारी थारुको प्रमुख आथित्यता र वडा अध्यक्ष अर्जुन बहादुर पाण्डेको बिशिष्ट आथित्यता रहेको थियो । कार्यक्रमको संचालन मिना परियारले गर्नु भएको थियो ।

The post महिलाहरु नेतृत्व तहमा आउनु पर्छ :उप प्रमुखथारु appeared first on NewsCenterNepal.com.

]]>
https://www.newscenternepal.com/2020/01/18121/feed 0
वाणगंगा ८ मा सुरु भयो माघी महोत्सव https://www.newscenternepal.com/2020/01/18118 https://www.newscenternepal.com/2020/01/18118#respond Mon, 20 Jan 2020 12:55:45 +0000 https://www.newscenternepal.com/?p=18118   माघ ६ कपिलवस्तु-नेपाली कला र संस्कृतिको रक्षाका लागि माघि पर्वले विशेष भुमिका खेलको प्रदेश सासंद विष्ष्णु पन्थीले बताउनुभएको छ । तिसरा वडा स्तरीय माघी ( खिचडी) महोत्सव अउर नव वर्ष २०७६ को अवसरमा थारु संस्कृति संरक्षण तथा संवर्धन सभा वाणगंगा नगरपालिका वडा नम्बर ८ द्धारा आयोजित कार्यक्रममा पाँच नम्बर प्रदेश सभा सदस्य पन्थीले आदिवासी […]

The post वाणगंगा ८ मा सुरु भयो माघी महोत्सव appeared first on NewsCenterNepal.com.

]]>
 

माघ ६ कपिलवस्तु-नेपाली कला र संस्कृतिको रक्षाका लागि माघि पर्वले विशेष भुमिका खेलको प्रदेश सासंद विष्ष्णु पन्थीले बताउनुभएको छ । तिसरा वडा स्तरीय माघी ( खिचडी) महोत्सव अउर नव वर्ष २०७६ को अवसरमा थारु संस्कृति संरक्षण तथा संवर्धन सभा वाणगंगा नगरपालिका वडा नम्बर ८ द्धारा आयोजित कार्यक्रममा पाँच नम्बर प्रदेश सभा सदस्य पन्थीले आदिवासी थारु तथा मगर गुरुङ लगाएतका जनजातिहरुको उत्थान र विकासका लागि माघी पर्व एक ऐतिहासिक पर्व बनिरहेको पनि बताउनुभयो । उहाँले पाँच नम्बर प्रदेश एक थारु समुदायको बाहुल्य प्रदेश र जनजातिहरुको उल्लेख्य जनसंख्या सहितको प्रदेश भएका कारण पनि प्रदेश सरकारका तर्फबाट अफूले हरेक सहयोगका लागि प्रयाश गरिरहेको बताउनुभयो ।

कार्यक्रममा वाणगंगा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष गुणानिधि भुसालले वडा भित्रका सबै समुदाय र जातजातिहरको संरक्षण, विकास र उनीहरुको कला संस्कृतिहरुको प्रर्वदनका लागि वडाले समेत विशेष ध्यान केन्द्रित गरिएको बताउनुभयो । लगातार तीन वर्ष सम्म वडामा माघी महोत्सव आयोजना गर्दा यहाँको कला र संस्कृति सँगै सबै जातजातिहरुका बिचमा आपसी भाईचारा र सह सम्बन्धको समेत विकास भएको उहाँको भनाई थियो ।

आदिवासी जनजाती महासंघ वडा समन्वय परिषद वडा नम्बर ८ को संयोजन तथा वाणगंगा नगरपाकिला वडा नम्बर ८ र घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्थाको सहयोगमा आयाजित महोत्सवमा थारु झुमरा, झर्रा, लाठी नाच, सजनी÷विरहनी, थारु रेकर्ड डान्स, मगर कौडा, सालेजो, सोरठी,तामाङ सेलो लगताएका सासंकृतिक नृत्यहरु सँगै विभिन्न जातजातिका खानका परिकार तथा भेषभुषाहरुको समेत प्रर्दशनी गरिएको थियो ।

आज देखि सुरु भएको महोत्सव भोली पनि संचालन हुने आयोजकले जनाएको छ । आज प्रदेश सभा सदस्य विष्णु पन्थीले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा थारु कल्याणकारीणि सभा केन्द्रिय सदस्य जन्जिर प्रसाद थारु, पूर्व केन्द्रिय सदस्य भोजराज थारु, नेपाल मगर महिला संघ केन्द्रिय सदस्य लक्ष्मी शारु, जिल्ला समन्वय समिति कपिलवस्तुकी उप प्रमूख तारावती चौधरी, लगाएत विभिन्न राजनैतिक दलका नेता तथा कार्यक्रताहरु, समाजसेवी, विद्यालयका शिक्षक शिक्षिका लगाएतको आतिथ्यता रहेको थियो ।

The post वाणगंगा ८ मा सुरु भयो माघी महोत्सव appeared first on NewsCenterNepal.com.

]]>
https://www.newscenternepal.com/2020/01/18118/feed 0
नेप्सेमा साढे २६ अंकको गिरावट https://www.newscenternepal.com/2020/01/18115 https://www.newscenternepal.com/2020/01/18115#respond Mon, 20 Jan 2020 10:43:53 +0000 https://www.newscenternepal.com/?p=18115 काठमाडाैं ,माघ ६-धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमवार भने झण्डै साढे २६ अंकले ओरालो लागेको छ ।लगातार उकालो लाग्दै आएको बजार थामिएर सोमवार ओरालो लागेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक सोमवार २६.५४ विन्दुले घटेर १ हजार ३१७.११ रुपैयाँमा पुगेको छ ।   सेन्सेटिभ परिसूचक ४.८६ ले घटेर २८३.५३ मा पुगेको […]

The post नेप्सेमा साढे २६ अंकको गिरावट appeared first on NewsCenterNepal.com.

]]>
काठमाडाैं ,माघ ६-धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमवार भने झण्डै साढे २६ अंकले ओरालो लागेको छ ।लगातार उकालो लाग्दै आएको बजार थामिएर सोमवार ओरालो लागेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक सोमवार २६.५४ विन्दुले घटेर १ हजार ३१७.११ रुपैयाँमा पुगेको छ ।

 

सेन्सेटिभ परिसूचक ४.८६ ले घटेर २८३.५३ मा पुगेको छ । नेप्से ओरालो लागे पनि कारोबार रकम झण्डै २ अर्ब रुपैयाँ बराबर छ । कूल १८२ कम्पनीको ५८ लाख ४६ हजार २३८ कित्ता शेयर १ अर्ब ९७ करोड ३ लाख ८७ हजार ९९३ रुपैयाँ मूल्यमा खरिद–बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका सबै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ १५.८८, व्यापार ५४.५९, होटल ६४.०९, विकास बैंक ५२.८७, जलविद्युत् ४२.२२, वित्त २२.३३, निर्जीवन बीमा ११६.३१, उत्पादन ७१.९१, अन्य १३.५३, लघुवित्त ५७.८८, जीवन बीमा १५४.६५ र सामूहिक लगानी कोष ०.१८ ले घटेको छ ।

 

नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । कम्पनीको २० करोड ९२ लाख ९५ हजार ९३६ रुपैयाँ मूल्य बराबरको शेयर कारोबार भई शीर्षस्थानमा रह्यो । एनसीसी बैंक १३ करोड ३२ लाख १६ हजार ८१७ रुपैयाँ, नेपाल लाइफ इन्सुरेन्स कम्पनी ९ करोड ३० लाख २ हजार ११७ रुपैयाँ, प्रभू बैंक ६ करोड ७१ लाख ३८ हजार ३५२ रुपैयाँ, एनआईसी एशिया बैंक ५ करोड ९८ लाख ४८ हजार ९०२ रुपैयाँ, शिवम् सिमेन्ट ५ करोड ८० लाख ३० हजार ९५५ रुपैयाँ र सूर्य लाइफ इन्सुरेन्स कम्पनी ५ करोड ४४ लाख ९५ हजार बराबरको कारोबार भई शीर्षस्थानमा रहे ।

मल्टीप्रपोज फाइनान्स कम्पनी ९.७७, ग्लाबेल आइएमई बैंक ९.७२, सूर्य लाइफ इन्सुरेन्स कम्पनी २.६१, प्रुडेन्सियल इन्सुरेन्स कम्पनी २.५४, सिनर्जी पावर १.९२ र मञ्जुश्री फाइनान्स कम्पनीका शेयरधनीले १.८६ प्रतिशतले कमाए ।पाँचथर पावर कम्पनी १०, पोखरा फाइनान्स ९.८२, हिमालयन पावर पार्टनर ९.४१, विशाल बजार कम्पनी ९.२२, पञ्चकन्या माई हाइड्रोपावर ८.६५ र हिमालयन ऊर्जा विकास कम्पनीका शेयरधनीले ८.३३ प्रतिशतले गुमाए ।

The post नेप्सेमा साढे २६ अंकको गिरावट appeared first on NewsCenterNepal.com.

]]>
https://www.newscenternepal.com/2020/01/18115/feed 0
आलम प्रकरण : मुद्दा नै अर्को जिल्लामा सार्न सरकारी वकिलको माग https://www.newscenternepal.com/2020/01/18111 https://www.newscenternepal.com/2020/01/18111#respond Mon, 20 Jan 2020 09:51:22 +0000 https://www.newscenternepal.com/?p=18111 माघ ६,बारा:  इँटाभट्टामा २३ भन्दा धेरै मानिसलाई जिउँदै जलाएको आरोपमा कारागार पुगेका कांग्रेस नेता मोहम्मद अफ्ताव आलम र जिल्ला सरकारी वकिलले छुट्टाछुट्टै रिट निवेदन हालेपछि मुद्दामाथिको सुनुवाइ एकसाता पर धेकेलिएको छ। कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि नख्खु कारागारमा थुनिएका आलमले आफूलाई साधारण तारेखमा छाड्न रौतहट जिल्ला अदालतमा रिट दायर गरेका छन्। यस्तै, आलम पक्षले आतंक […]

The post आलम प्रकरण : मुद्दा नै अर्को जिल्लामा सार्न सरकारी वकिलको माग appeared first on NewsCenterNepal.com.

]]>
माघ ६,बारा:  इँटाभट्टामा २३ भन्दा धेरै मानिसलाई जिउँदै जलाएको आरोपमा कारागार पुगेका कांग्रेस नेता मोहम्मद अफ्ताव आलम र जिल्ला सरकारी वकिलले छुट्टाछुट्टै रिट निवेदन हालेपछि मुद्दामाथिको सुनुवाइ एकसाता पर धेकेलिएको छ। कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि नख्खु कारागारमा थुनिएका आलमले आफूलाई साधारण तारेखमा छाड्न रौतहट जिल्ला अदालतमा रिट दायर गरेका छन्। यस्तै, आलम पक्षले आतंक मच्चाउने जोखिम भएपछि जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत रौतहटमा रहेको मुद्दा पर्सा जिल्ला अदालतमा सार्न पाउनुपर्ने भन्दै अर्को रिट दायर गरेको छ। दुवै पक्षबाट फरक(फरक रिट दायर भएपछि मुद्दामाथिको सुनुवाई एक साताका लागि सारिएको हो।

जिल्ला अदालत रौतहटले थुनामा राख्‍न दिएको आदेश बेठीक रहेको भन्दै आलमका वकिलले साधारण तारेखमा बस्न पाउनुपर्ने मागसहितको निवेदनको पेशीमाथि पनि सोमबार नै सुनुवाइ तोकिएको थियो। जिल्ला सरकारी वकिल कार्यालय वीरगञ्जले हालेको रिटउपर पनि आज नै सुनुवाइ हुने भनिएको थियो।

यसअघि पुस १७ गते न्यायाधीश डिल्लीराज आचार्य र सत्यमोहन जोशी थारुको संयुक्त इजलाशले दुवै रिट निवेदनउपर आज ९सोमबार० का लागि पेशी तोकेको थियो। तर आलम पक्षको वकिलले मुद्दा सार्न निवेदन दिएपछि सुनुवाई आगामी बिहीबारसम्मका लागि सरेको हो। उच्च सरकारी वकिल कार्यालय विरगञ्जले रौतहट जिल्ला अदालतमा आलमको मुद्दा अघि बढाउँदा जाहेरीवालासहितका साक्षीहरुलाई आलमले प्रभावित पार्ने, प्रमाणहरु नष्ट गर्नसक्ने र निष्पक्ष सुनवाइ नहुने भन्दै उच्च अदालत वीरगञ्जको अस्थायी इजलासमा अर्को रिट निवेदन दिएका हुन्।

‘रौतहट जिल्ला अदालतबाट मुद्दा सार्न स्वीकृति दिने या नदिने र आलमलाई तारेखमा राखेर कारवाही गर्ने या थुनामै राखेर कारवाही अगाडी बढाउने भन्‍ने निर्णय एकै दिन हुने गरी पेश्की तोकिएको हो,’ उच्च अदालत जनकपुरका मुख्य न्यायधीश दिल्लीराज आचार्यले भने, ‘आलमपक्षका वकिलले मुद्दा सारीपाऊँ भनी निवेदन दिएकोले सुनुवाई आगामी बिहीबारका लागि सारिएको हो।’ नारायणसिंह राजपुतसमेतको जाहेरीमा वादी नेपाल सरकारले मोहम्मद अफताव आलमसहित ११ जनाविरुद्ध दायर गरेको मुद्दाको बाँकी बहस कहाँबाट गर्ने भन्‍ने विषयमा उच्च अदालत जनकपुरको अस्थायी इजलाश वीरगञ्जले अन्तिम टुंगो लगाउनेछ। सरकारी वकिल कार्यालय वीरगञ्जका सह(न्यायाधीवक्ता कृष्णमोहन कोइरालाले मुद्दाका साक्षीहरुलाई आलम पक्षबाट धम्की आइरहेको बताए।

‘अझै पनि साक्षीहरुले अप्रत्यक्ष रुपमा धम्की आइरहेको छ भन्‍नुभएको छ,’ कोइरालाले भने, ‘आलम पक्षले मुद्दाका प्रमाणहरुलाई नष्ट पार्छन् कि भन्‍ने अर्को चिन्ताको विषय भएकाले रौतहट जिल्ला अदालतमा विचाराधीन मुद्दा पर्सा जिल्ला अदालतमा सारीपाऊँ भन्‍ने हाम्रो मागदाबी हो।’ यसअघि पुस १७ गते भएको बहसमा निवेदक सरकारी वकिलका पक्षवाट सह(न्यायधीवक्ता कोइराला, उप(न्यायधीवक्ता रुद्रराज पन्थी एवम् मुहम्मद मुन्‍नाले रौतहट जिल्ला अदालतमा विचाराधिन मुद्दा पर्सा जिल्ला अदालतमा सारी हेर्ने व्यवस्थाका लागि स्वीकृति मागेका थिए।

यस्तै, पीडित जाहेरवाला नारायणप्रसाद राजपुतको तर्फवाट अधिवक्ता पुष्पराज पौडेल र दीपेन्द्र ढकालले जाहेरवालासहित साक्षीहरुको सुरक्षा हुने र न्यायिक निष्पक्षता कायम रहने सम्बन्धमा वादी नेपाल सरकारले वस्तुगत अवस्था देखाउन नसकेको दाबीसहित बहस गरेका थिए। मुद्दाका प्रतिवादी मोहम्मद अफताव आलमको तर्फबाट अभिवक्ता यदुनाथ खनाल, विनय सिंह, सुधीरकुमार कर्णसहित १२ जना वकिलहरुले आलम रौतहट जिल्लाबाट विस्थापित भई नख्खु कारागारमा रहेको अवस्थामा निजबाट हुने क्रियाकलापबाट न्यायिक निष्पक्षतामा असर नपर्ने दाबी गर्दै आदेश जारी नगर्न बहस गरेका थिए। नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य रहेका अफताव आलम हाल कर्तव्य ज्यान मुद्दामा दुई महिनादेखि नख्खु कारागारमा छन्। पूर्वमन्त्री आलमलाई पहिलो संविधानसभाको निर्वाचनको अघिल्लो दिन २०६४ चैत्र २७ गते रौतहटको राजपुर फरदवामा बम विष्फोट गराई घाइतेहरुलाई जिउँदै इँट्टा भट्टामा जलाएको आरोपमा गत असोज २६ गते रौतहट प्रहरीले पक्राउ गरेको थियो।

The post आलम प्रकरण : मुद्दा नै अर्को जिल्लामा सार्न सरकारी वकिलको माग appeared first on NewsCenterNepal.com.

]]>
https://www.newscenternepal.com/2020/01/18111/feed 0
प्रदेश नम्बर ५ का विपक्षी दलका नेता बलदेवको निधन https://www.newscenternepal.com/2020/01/18107 https://www.newscenternepal.com/2020/01/18107#respond Mon, 20 Jan 2020 09:36:08 +0000 https://www.newscenternepal.com/?p=18107 बुटवल ,माघ ६ -प्रदेश नम्बर पाँचका विपक्षी दलका नेता बलदेश शर्मा पोखरेलको सोमवार दिउँसो निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट ग्रसित पोखरेलको सोमबार रुपन्देहीको तिलोत्तमा १४ स्थित आफ्नै घरमा निधन भएको उनका छोरा मुक्ति पोखरेलले जानकारी दिए ।उनी एक वर्षदेखि क्यान्सरबाट ग्रसित थिए ।

The post प्रदेश नम्बर ५ का विपक्षी दलका नेता बलदेवको निधन appeared first on NewsCenterNepal.com.

]]>
बुटवल ,माघ ६ -प्रदेश नम्बर पाँचका विपक्षी दलका नेता बलदेश शर्मा पोखरेलको सोमवार दिउँसो निधन भएको छ ।

लामो समयदेखि क्यान्सरबाट ग्रसित पोखरेलको सोमबार रुपन्देहीको तिलोत्तमा १४ स्थित आफ्नै घरमा निधन भएको उनका छोरा मुक्ति पोखरेलले जानकारी दिए ।उनी एक वर्षदेखि क्यान्सरबाट ग्रसित थिए ।

The post प्रदेश नम्बर ५ का विपक्षी दलका नेता बलदेवको निधन appeared first on NewsCenterNepal.com.

]]>
https://www.newscenternepal.com/2020/01/18107/feed 0
सभामुख चयनका लागि माघ १२ गते चुनाव गर्न दलहरु सहमत https://www.newscenternepal.com/2020/01/18105 https://www.newscenternepal.com/2020/01/18105#respond Mon, 20 Jan 2020 09:24:27 +0000 https://www.newscenternepal.com/?p=18105 काठमाण्डाै – प्रतिनिधिसभाको सभामुख चयनका लागि माघ १२ गते चुनाव गरिने भएकाे छ ।कार्यव्यवस्था परामर्श समितिकाे बैठकमा सभामुखको चुनाव १२ गते गर्ने दलहरुबीच सहमति भएको समितिका सदस्य एवम् कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिनुभयो । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएको घोषणा गरेसँगै सभामुख चयन प्रकृया अघि बढाउन लागिएकाे हाे । प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै […]

The post सभामुख चयनका लागि माघ १२ गते चुनाव गर्न दलहरु सहमत appeared first on NewsCenterNepal.com.

]]>
काठमाण्डाै – प्रतिनिधिसभाको सभामुख चयनका लागि माघ १२ गते चुनाव गरिने भएकाे छ ।कार्यव्यवस्था परामर्श समितिकाे बैठकमा सभामुखको चुनाव १२ गते गर्ने दलहरुबीच सहमति भएको समितिका सदस्य एवम् कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिनुभयो ।

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएको घोषणा गरेसँगै सभामुख चयन प्रकृया अघि बढाउन लागिएकाे हाे । प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै तुम्बाहाङ्फेले राजीनामा दिएको घोषणा गर्नुभएको हो । बैठकमा तुम्बाहाङ्फेले दुई वर्ष गरिमामय अङ्गको नेतृत्व गर्न पाउनु महत्वपूर्ण अवसर भएको भन्दै प्रतिनिधिसभा सदस्य र संसद सचिवालयलाई धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले सभामुख चयनको ठोस आधार प्रस्तुत भएपछि राजीनामा दिने कुरा अभिलेखित गराउन सम्बोधन गरेको पनि बताउनुभयो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भई आइतबार बसेको सचिवालय बैठकले अग्नि सापकोटालाई सभामुखकाे उम्मेदवार बनाउने निर्णय गरेपछि साेमबार संसद्को बैठक बसेको हो ।

तुम्बाहाङ्फे नेकपाबाट सांसद बनेर उपसभामुद बन्नुभएको थियो । कृष्णबहादुर महरालाई बलात्कार प्रयासको आरोप लागेपछि गएकाे असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए । महराले राजिनामा दिएपछि तुम्बाहाङ्फेले प्रतिनिधि सभामा बैठकको अध्यक्षता गर्नुभएको थियो ।

सभामुख बनाउने प्रतिबद्धता पछि मात्र राजीनामा दिने अडान लिनुभएका उपसभामुख तुम्बाहाङ्फेले पटकपटक नेतृत्वको सार्वजनिक रूपमै आलोचना गर्नुभएको थियो ।

तर तत्कालीन माओवादी र एमाले एकीकरण भएर बनेको नेकपाभित्र पूर्वमाओवादी वा पूर्वएमाले कसबाट सभामुख बनाउने भन्ने रस्साकस्सी चलेपछि तुम्बाहाङ्फेकाे विषय ओझेलमा पर्‍याे । प्रतिनीधि सभाको बैठक साेमबार आजै अपरान्ह ४ बजेका लागि बोलाइएको छ ।

आजै बस्ने प्रतिनिधि सभाको बैठक ज्येष्ठ सदस्य महन्थ ठाकुरले सञ्चालन गर्नुहुने छ ।

बैठकमा ज्येष्ठ सदस्यले सभामुख चयनको प्रक्रिया थाल्न संसदका महासचिव मनोहर भट्टराईलाई निर्देशन दिएपछि सभामुखको चुनावी प्रक्रिया थाल्ने सचिवालयको तयारी छ । दलहरुले १२ गतेका लागि चुनाव गर्ने सहमति जनाएसँगै सचिवालय त्यही अनुसार तयारी अघि बढाउने छ ।

सचिवालयले उपसभामुखका लागि भने चुनावी प्रक्रिया साेमबार सुरु नगर्ने भएको छ ।

मुख्य विपक्षी दल काङ्ग्रेसले पनि सभामुख पदमा आफ्नाे उम्मेदवार उठाउने तयारी गरेकाे छ । कांग्रेसले सांसद पुष्पा भुषाललाई सभामुखकाे उम्मेदवार बनाउने तयारी गरेकाे छ । सभामुख र उपसभामुख भिन्न भिन्न दलका हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

The post सभामुख चयनका लागि माघ १२ गते चुनाव गर्न दलहरु सहमत appeared first on NewsCenterNepal.com.

]]>
https://www.newscenternepal.com/2020/01/18105/feed 0
एकै परिवारका चार सदस्यको निर्मम हत्या https://www.newscenternepal.com/2020/01/18102 https://www.newscenternepal.com/2020/01/18102#respond Mon, 20 Jan 2020 09:17:05 +0000 https://www.newscenternepal.com/?p=18102 काबुल । अफगानिस्तानको राजाधानी काबुलमा रहेको एक घरमा आइतबार अज्ञात सशस्त्र हतियारधारी एक समूह प्रवेश गरी एकै परिवारका चार सदस्यको हत्या गरेका छन् । हत्या गरिएकाहरुमा तीन जना बालबालिका पनि रहेका गृह मन्त्रालयका प्रवक्ता नसरात रहिमीले सोमबार बताएका छन् । अज्ञात सशस्त्र समूहले आक्रमण गरेका यो घर सरकारी कर्मचारी भएको बताइएको छ । रहिमीका अनुसार […]

The post एकै परिवारका चार सदस्यको निर्मम हत्या appeared first on NewsCenterNepal.com.

]]>
काबुल । अफगानिस्तानको राजाधानी काबुलमा रहेको एक घरमा आइतबार अज्ञात सशस्त्र हतियारधारी एक समूह प्रवेश गरी एकै परिवारका चार सदस्यको हत्या गरेका छन् ।

हत्या गरिएकाहरुमा तीन जना बालबालिका पनि रहेका गृह मन्त्रालयका प्रवक्ता नसरात रहिमीले सोमबार बताएका छन् । अज्ञात सशस्त्र समूहले आक्रमण गरेका यो घर सरकारी कर्मचारी भएको बताइएको छ ।

रहिमीका अनुसार सरकारी कर्मचारीको घरभित्र छिरेर मारिएका व्यक्तिहरुमा आमा र तीन बालबालिकालगायत परिवारका चार सदस्यलाई निर्मम हत्या गरेका छन् ।

युद्धग्रस्त यस मुलुकमा गएको तीन दिनमा नै परिवारका सदस्यहरूको क्रुर हत्या भएको यो दोस्रो घटना हो ।
गत शनिबार अफगानिस्तानको उत्तरी प्रान्त फर्याब अन्दखोई जिल्लामा यस्तै घटनामा केही अज्ञात हतियारधारी व्यक्ति एउटा घरभित्र पसेर एक परिवारका चार सदस्यको हत्या गरेका थिए ।रहिमीले यस घटनाको अनुसन्धान गरी न्याय दिलाउन कोसिस जारी रहेको बताएका छन् ।

The post एकै परिवारका चार सदस्यको निर्मम हत्या appeared first on NewsCenterNepal.com.

]]>
https://www.newscenternepal.com/2020/01/18102/feed 0
ट्राफिक प्रहरीले लगाइदियो प्रहरीकै गाडीमा ‘ह्विल लक’ https://www.newscenternepal.com/2020/01/18098 https://www.newscenternepal.com/2020/01/18098#respond Mon, 20 Jan 2020 09:12:23 +0000 https://www.newscenternepal.com/?p=18098 काठमाडौँ । महानगरीय ट्राफिक प्रहरीले प्रहरीकै गाडीमा ह्विल लक गरेको छ । अनामनगरमा प्रहरीको ना१झ १४२५ नम्बरको गाडीमा ह्विल लक लगाएको हो ।सडक ढाकेर रोकिएको प्रहरीको गाडीभित्र चालक मात्र रहेका छन् । तर, यो गाडी कसले चढ्दै आएको खुलेको छैन् ।सडक ढाकेर पार्किङमा राखेको प्रहरीको गाडीमा लक लगाइएको महाशाखाका प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठले जानकारी […]

The post ट्राफिक प्रहरीले लगाइदियो प्रहरीकै गाडीमा ‘ह्विल लक’ appeared first on NewsCenterNepal.com.

]]>
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरीले प्रहरीकै गाडीमा ह्विल लक गरेको छ । अनामनगरमा प्रहरीको ना१झ १४२५ नम्बरको गाडीमा ह्विल लक लगाएको हो ।सडक ढाकेर रोकिएको प्रहरीको गाडीभित्र चालक मात्र रहेका छन् । तर, यो गाडी कसले चढ्दै आएको खुलेको छैन् ।सडक ढाकेर पार्किङमा राखेको प्रहरीको गाडीमा लक लगाइएको महाशाखाका प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठले जानकारी दिए ।

गाडीलाई नियमअनुसार चिट काटेर कारबाहीमा ल्याइएको उनले बताए । ‘नियम मिच्ने जुनसुकै गाडीलाई कारबाहीको दायरा ल्याइन्छ,’ प्रवक्ता श्रेष्ठले भने ।

The post ट्राफिक प्रहरीले लगाइदियो प्रहरीकै गाडीमा ‘ह्विल लक’ appeared first on NewsCenterNepal.com.

]]>
https://www.newscenternepal.com/2020/01/18098/feed 0
तीन वर्षअघि हराएको मूर्ति भेटियो खेतको आलीमा https://www.newscenternepal.com/2020/01/18095 https://www.newscenternepal.com/2020/01/18095#respond Mon, 20 Jan 2020 09:05:25 +0000 https://www.newscenternepal.com/?p=18095   जुम्ला । तीन वर्षअघि मन्दिरबाटै हराएको मूर्ति खेतको आलीमा फेला परेको छ । प्रसिद्ध धार्मिक मन्दिर चन्दननाथको मुख्य मूर्ति सोमबार बिहान चन्दननाथ नगरपालिकाको दानसाँघुमा खेतको आलीमा बेवारिसे अवस्थामा फेला परेको हो । जुम्लामा आन्दोलन चलिरहेको अवस्थामा २०७३ मंसिर ११ गते राति मन्दिरबाट मुख्य मूर्तिसहित अन्य दर्जनौ मूर्ति चोरी भएका थिए । मूर्ति चोरी भएको […]

The post तीन वर्षअघि हराएको मूर्ति भेटियो खेतको आलीमा appeared first on NewsCenterNepal.com.

]]>
 

जुम्ला । तीन वर्षअघि मन्दिरबाटै हराएको मूर्ति खेतको आलीमा फेला परेको छ । प्रसिद्ध धार्मिक मन्दिर चन्दननाथको मुख्य मूर्ति सोमबार बिहान चन्दननाथ नगरपालिकाको दानसाँघुमा खेतको आलीमा बेवारिसे अवस्थामा फेला परेको हो ।

जुम्लामा आन्दोलन चलिरहेको अवस्थामा २०७३ मंसिर ११ गते राति मन्दिरबाट मुख्य मूर्तिसहित अन्य दर्जनौ मूर्ति चोरी भएका थिए । मूर्ति चोरी भएको केही समयपछि मुख्य मूर्ति बाहेक अन्य मूर्तिहरु गाउँपालिकाको देपालगाउँमा फेला परेका थिए ।

प्रहरीले मूर्तिको मुचुल्का उठाइसकेपछि सोमबार नै बाजागाजासहित मूर्ति मन्दिरमा ल्याउने तयारी गरिएको छ । मूर्ति चोरीको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

The post तीन वर्षअघि हराएको मूर्ति भेटियो खेतको आलीमा appeared first on NewsCenterNepal.com.

]]>
https://www.newscenternepal.com/2020/01/18095/feed 0
गाँजा तान्दा विवाद भएपछि साथीको हत्या https://www.newscenternepal.com/2020/01/18092 https://www.newscenternepal.com/2020/01/18092#respond Mon, 20 Jan 2020 09:01:50 +0000 https://www.newscenternepal.com/?p=18092 काठमाडौं । पर्साको बहुदरमाई नगरपालिका बस्ने सुरेन्द्र शहनीको हत्या भयो ।प्रहरीले २० पुस ०७६ मा वीरगन्ज महानगरपालिका–२२ जगरनाथपुरस्थित बाँसघारीमा उनको शव फेला पारेको थियो । शवको ३६ ठाउँमा चक्कुको डोब थियो ।सुरेन्द्रको शव फेला परेको १५ दिनपछि प्रहरीले हत्यामा संलग्न तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज–११ बस्ने अजयकुमार साह, रानिघाट बस्ने कृष्णकुमार […]

The post गाँजा तान्दा विवाद भएपछि साथीको हत्या appeared first on NewsCenterNepal.com.

]]>
काठमाडौं । पर्साको बहुदरमाई नगरपालिका बस्ने सुरेन्द्र शहनीको हत्या भयो ।प्रहरीले २० पुस ०७६ मा वीरगन्ज महानगरपालिका–२२ जगरनाथपुरस्थित बाँसघारीमा उनको शव फेला पारेको थियो । शवको ३६ ठाउँमा चक्कुको डोब थियो ।सुरेन्द्रको शव फेला परेको १५ दिनपछि प्रहरीले हत्यामा संलग्न तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज–११ बस्ने अजयकुमार साह, रानिघाट बस्ने कृष्णकुमार गुप्ता र राजन साह कानु रहेका पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।प्रहरीको प्रारम्भिक अनुसन्धानबाट आफ्नै साथीहरु मिलेर सुरेन्द्रको हत्या गरेको खुलेको छ ।

गाँजा तान्दा विवाद त्यसपछि हत्या

१९ पुसमा सुरेन्द्र र अजय साह एउटै मोटरसाईकलमा घरबाट निस्कन्छन् । सुरेन्द्रले मोटरसाईकल चलाउछन् । पछि कृष्ण र राजन पनि आउँछन् ।दुई ठाउँमा गाँजा तानेपछि उनीहरु जगरनाथपुरस्थित बाँसघारीमा पुग्छन् । त्यहाँ गाँजा तान्दै गर्दा सुरेन्द्र र अजयबीच विवाद हुन्छ ।

अजयले भारतबाट म्याजिकमा तस्करीको सामान ल्याएर विक्री गर्थे । एकपटक सुरेन्द्रले सुराक दिएर प्रहरीले अजयको सामान बरामद गरेको कुरा निस्कीन्छ ।

अनि, अजयले आफूसँग भएको चक्कुले सुरेन्द्रलाई हान्छन् । ‘मृतकको शरिरमा ३७ ठाउँमा चक्कुको डोब छ’ पर्साका एसपी सोमेन्द्र राठौरले भने–‘विवादका क्रममा पुरानो कुरा निस्केपछि हत्या गरेको देखिन्छ ।’अजयले चक्कु प्रहार गर्दा उनीसँगै भएका कृष्णकुमार र राजनले सहयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

The post गाँजा तान्दा विवाद भएपछि साथीको हत्या appeared first on NewsCenterNepal.com.

]]>
https://www.newscenternepal.com/2020/01/18092/feed 0