Connect with us
Gautam Buddha community forest

समाचार

ज्वाइँको कलेजो ससुरालाई

काठमाडौं । कलेजो रोगी ससुरालाई ज्वाइँले कलेजो दान गरेका छन् । उपत्यकाबाहिरका २८ वर्षीय ज्वाइँले ससुरालाई कलेजो दान दिएपछि शुक्रबार प्रत्यारोपण गरिएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जका प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारी नेतृत्वको टोलीले कलेजो प्रत्यारोपण गरेको हो ।

ससुराको उमेर ४४ वर्षको छ । कलेजो प्रत्यारोपण गर्न झन्डै १० घण्टा लागेको थियो । कलेजो दिने र लिने दुवै जनाको अस्पतालको सघन उपचारकक्षमा उपचार भइरहेको छ ।

यस अघि जेठ १७ गते प्रत्यारोपणमा बुबालाई विवाहित छोरीले कलेजो दान गरेकी थिइन् ।, अन्नपूर्ण पोस्ट् दैनिकले खबर छापेको छ ।

Advertisement Shivaraj
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

अपराध6 hours ago

रवि लामिछानेलाई अझै ५ दिन थुनामा राख्न आदेश

चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा आरोप लागेका सञ्चारकर्मी रवि लामिछानेलाई अनुसन्धानकालागि थप ५ दिन हिरासतमा राख्न चितवन जिल्ला...

समाचार9 hours ago

संसदमा उठ्यो रवि लामिछानेको विषय, अनुसन्धान प्रभावित हुने चिन्ता

  ३ भदौ, काठमाडौं । टेलिभिजन प्रस्तोता रवि लामिछाने पक्राउको विषय मंगलबार प्रतिनिधिसभामा पनि उठेको छ । पत्रकार शालिकाराम पुडासैनी...

शिक्षा10 hours ago

‘मार्क्सवाद तथ्यका आधारमा सत्य पत्ता लगाउने वैज्ञानिक विधि हो’ –डा. विजयकुमार पौडेल

मार्क्सवादी अर्थशास्त्रका विज्ञ डा. विजयकुमार पौडेलले सामान्य अर्थमा मार्क्सवादलाई तथ्यका आधारमा सत्य पत्ता लगाउने वैज्ञानिक विधि भएकाे बताउनु भएकाे छ...

समाचार10 hours ago

‘साइकल चढ्नेले दुःख पाए’

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुले समसामियक र क्षेत्रगत बिषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको बिशेष समयमा बोल्दै सांसदहरुले...