Connect with us

हाम्रोबारे

संसारलाई इन्टरनेटको प्रविधीले जोड्दै लगेको छ । विश्वको जुनसुकै स्थानको ताजा खबर दिनका लागि अनलाइन सञ्चार माध्यमको महत्वपुर्ण भूमिका रहदै आएको छ । हामी पनि बिश्वभरी नै रहनु भएका सम्पुर्ण मानव जगतलाई पलपलका खवर  www.NewsCenterNepal.com  मार्फत सम्प्रेषण गरिरहेका छौ ।

नेपालमा सञ्चार प्रबिधीको विकाससंगै चौथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्रले ठुलो फड्को मारेको छ । अहिले हरेक समाचार अनलाइन सञ्चार माध्यमबाट तत्काल प्राप्त गर्ने माध्यम बनेको छ । अनलाइन माध्यमकै कारण केन्द्र वा सहर बजारका समाचार मात्र होइन दुर दराज तथा देश विदेशका समाचार पनि प्रमुख प्राथमिकतामा पर्न थालेका छन । त्यसैले हामी पनि इन्टरनेटको माध्यमबाट समाचार प्रकाशन गर्न न्यु मिडिया जर्नलिज्मको माध्यमबाट अघि बढिरहेका छौ । सयौ अनलाइन मिडियाको भिडमा समाजिक उत्तरदायित्व, जिम्वेवारीपनको साथै आचारसंहिताको पालना गर्दै हामी हाम्रा पाठकलाई सहि समाचार सम्प्रेक्षणका लागि www.NewsCenterNepal.com बाट डिजिटल पत्रिका मार्फत सुचना दिदैँ आएका छौ ।

कपिलबस्तु मिडिया प्रा.लि द्धारा सञ्चालित यस अनलाइन पत्रिकाले भष्ट्रचार, वेथिति, विसंगती, कुशासन, समाजमा रहेका विकृती बिरुद्ध खवरदारी गर्दै आएको छ । पत्रकारितालाई व्यावसायिक बानाउदै उत्तरदायी, मर्यादित र जिम्मेवार पत्रकारितामा हामी दृढ छौ । सूचनाको हक र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो कलम निरन्तर चल्ने छ ।

समाजमा भएका हरेका गतिविधि समाचार बन्ने बिषयबस्तु हाम्रो प्राथामिकतामा परेका छन् । पत्रकारिताले समाजको यथार्थ चित्रण गर्ने भएका कारणले बिश्वभरीका समाचार हाम्रो लागि उत्तिकै महत्वपुर्ण छ । सत्य तथ्य समाचारको लागि हामी सदैव कटिबद्ध रुपले लागेका छौ । सुन्दर समुन्त नयाँ नेपाल निर्माणमा पत्रकारिताको अहम भुमिका हुन्छ भन्ने ध्ययेका साथ हामी लागि परेका छौ ।

नेपालको विभिन्न परिवर्तन सगै हामी सञ्चार माध्यम पनि समयानुकुल परिवर्तित हुदै आएको छौ । पहिले कुनै पनि समाचार, सन्देश आम नागरिक माझ पुग्न हप्तौ लग्ने गर्दथ्यो भने अहिले प्रविधि विकास सगै पलपलको खबर तत्काल प्रवाह भैरहेको छ । समाचार प्रकाशन गरेको एक सेकेन्डमा विश्वको जुनसकै स्थनबाट हेर्ने सकिने प्रविधिको विकास भएको छ ।

www.NewsCenterNepal.com ले सत्य समाचारको रफतारलाई नागरिक समक्ष निरन्तर प्रवाह गर्दै आएको छ । विश्वमा भएका हरेक घटनालाई समाचारको माध्यमबाट हामीले तत्काल सम्प्रेषण गर्दै आएका छौ । पाठकलाई तत्काल सुचना दिन हामी फेसबुक पेज, यु ट्युव, ट्वीटरमा समेत NewsCenterNepal.com लाइ समावेश गरेका छौ । अगामी दिनमा सुचना प्रविधिको विकाससगै हामी पनि अघी बढ्ने संकल्प साथ निरन्तर सुचना समाचार प्रवाह गरिरहेका छौ ।

हाम्रो टीम

Managing Director
Tuklal Poudel

Editor-in-Chief
Chhabi Sapkota

Editor 
Raju kharal

Executive Director/Editor
Saniulla Dhobi – 9857014150

News Coordinator

Brijesh Yadav