Connect with us
Kapilvast Forest

१६ महिने शिशुलाई गोमन सर्पले डसेपछि…

२०७६, ४ श्रावण शनिबारमा प्रकाशित

काठमाडौं । विराटनगरको सुन्दर हरैचाका १६ महिने दीपचय राय शुक्रबार बरन्डामा खेल्दाखेल्दै अचानक चिच्चाएर रोए । लगत्तै उनका बाबा भोला पुग्दा बालकसँगै सर्पको बच्चा देखे । बालकको गोलीगाँठाबाट रगत बगिरहेको थियो । भोलाले खुट्टामा केही माथि कपडाले बाँधिदिए अनि सर्प मारे ।

छोरालाई उपचारका लागि कोसी अञ्चल अस्पताल पु¥याउँदा उनले सर्प पनि सँगै लगेका थिए । आकस्मिक कक्षमा वार्ड इन्चार्ज रघुनन्द अधिकारीले सर्प हेरेपछि गोमन रहेछ । भन्दै बालकलाई एन्टिस्नेक भेनस (एएसभी) चढाउन सहकर्मीलाई सुझाए ।

मोरङकै कर्सियाकी उषा रायलाई शुक्रबार बिहानै सुतेकै ठाउँमा करेतले डसेपछि कोसी अस्पताल भर्ना भएकी छन् । ‘निन्द्रामै थिएँ । अचानक पाखुरामा कसैले चिमोटेजस्तो भयो’ उनले भनिन्, ‘उठेर हेर्दा हात दुखेको ठाउँमा रगत निस्केको र ओछ्यानमा करेत सर्प देखेपछि अस्पताल आएँ ।’ उषालाई शुक्रबार मध्याह्नसम्ममा दुई भाइल एन्टिस्नेक भेनस दिइएको छ ।, कान्तिपुर दैनिकले खबर छापेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu