Connect with us
Kapilvast Forest

नेपाल–भारत सीमामा ढाल्यो चार स्तम्भ

२०७६, ३ श्रावण शुक्रबारमा प्रकाशित

कपिलवस्तु साउन ३,

नेपाल–भारत अन्तर्राष्ट्रिय सिमाना दसगजामा रहेका कपिलवस्तु जिल्लास्थित सदूर पश्चिम–दक्षिणका चारवटा सीमास्तम्भलाई बाढीले ढालेको छ। गत असार २६ गते परेको अविरल वर्षापछि आएको बाढीले ढालेको हो।

विजयनगर–७ ठकुरापुरस्थित चरगाहवा नदीमा आएको बाढीले सीमास्तम्भ (पिलर) ढालेको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेयले बताए। उनले नेपाल–भारत सिमाना कपिलवस्तुको पश्चिम–दक्षिण भेगबाट बग्ने चरगाहवा नदीमा यसै वर्ष बनाएका५७७–७, ५७७–९, ५७८–७ र ५७८–१० नम्बरका पिलरहरू नदीको बाढीले क्षतिग्रस्त भएको बताए।

नेपाल–भारत सीमा सर्भे टोली–३ ले यसै वर्ष सो क्षेत्रमा बनाएका तीन सय ६ वटा पिलरमध्ये कपिलवस्तु खण्डमा बनाइएकामध्ये भारतले बनाएको दुईवटा र नेपालले बनाएको दुईवटा पिलरहरू ढलेका हुन्। नेपाल–भारत सीमा सम्झौताअनुसार नेपालले बिजोर नम्बरका र भारतले जोर नम्बरका पिलरहरूको मर्मत तथा निर्माण गर्ने कार्य गर्दै आएका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu