Connect with us
Kapilvast Forest

‘राजपा नेता राष्ट्रिय मानव अधिकार आयोगमा’

२०७६, १९ असार बिहीबारमा प्रकाशित

काठमाडाैं । सर्लाही र महोत्तरीको घटनामा प्रहरीले दमन गरेको भन्दै मानव अधिकारको रक्षा गर्न राष्ट्रिय जनता पार्टी (राजपा) राष्ट्रिय मानव अधिकार आयोग पुगेको छ ।

बुधबार राजपा अध्यक्ष मण्डलको टोलीले आयोगका अध्यक्ष अनुपराज शर्मालाई भेटेर शान्तिपूर्ण बिरोधमा जम्मा भएका सर्वसाधारण जनता माथि गोलि चलाएर दमन गर्न खोजेको भन्दै मानव अधिकारको रक्षाको पहल गर्न अनुरोध गरेको हो ।

गएको असार १५ गते पूर्व–पश्चिम राजमार्गको सर्लाही जिल्लाको बाँके चोकमा शान्तिपूर्ण बिरोध प्रदर्शनमा आएका सर्वसाधारणलाई प्रहरीले गोली चलाउँदा ईश्वरपुर नगरपालिका वडा–१३ का २६ वर्षीय शरोज नारायण सिंहको निधन भएको थियो । मृतक सिंहको टाउकोमा गोली लागेको थियो । प्रहरीले सामान्य बल प्रयोग गरेर नियन्त्रण गर्न सक्ने अवस्थामा पनि गोली नै चलाउनुले प्रहरीको मधेशी जनतालाई हेर्ने दृष्टिकोण अन्य भन्दा फरक रहेको राजपाले आरोप लगाएको छ । प्रहरीले मान्छेको शान्तिपूर्ण बिरोध गर्न पाउने अधिकार कुण्ठित गर्दै गोली नै चलाउन थालेपछि मानिसको बाँच्न पाउने अधिकार नै खोसेको आरोप पनि लगाएको छ ।

यता राजपा नेपालको ज्ञापनपत्र बुझ्दै आयोगका अध्यक्ष शर्माले छानवीन आयोग गठन गर्न सरकारलाई दबाब दिनुपर्ने बताउनुभयो । पछिल्ला केही घटनामा शान्तिपूर्ण बिरोध प्रदर्शनमा प्रहरीले अत्याधिक बल प्रयोग गर्न थालेको भन्दै बिना दबाब दिन सरकारले केही नगर्ने बताउनु भयो ।

सर्लाही र महोत्तरीको सीमामा रहेको बाँके नदीमा बालुवा गिट्टी निकाल्न खनेको खाल्डोमा डुबेर स्थानीय बालक १२ वर्षीय अमृत रायको भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu