Connect with us
Kapilvast Forest

प्रहरीद्धारा मोष्ट वान्टेड बादशाह सार्वजनिक

२०७६, २२ असार आईतवारमा प्रकाशित

कपिलवस्तु, असार २२,

कपिलवस्तु प्रहरीको सर्वाधिक खोजीको सुची (मोस्ट वाण्टेड) मा रहेका मायादेवी गाउंपालिकाको पिपराका बादशाह भनेर चिनिने नसिम अहमद मुसलमान (जाबेद बादशाह) लाई पत्रकार सम्मेलन मार्फत आज तौलिहवामा सार्बजनिक गरिएको छ । कपिलवस्तु प्रहरीको समन्वयमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोको एक टोलीले काठमाण्डौंबाट पक्राउ गरिएका बादशाहलाई शनिवार राती नै कपिलवस्तु ल्याईएको प्रहरी उपरीक्षक दिप शमशेर जबराले बताउनु भयो ।

पक्राउ परेका बादशाह उपर २०६३ जेठ १९ गते कपिलबस्तु फुलिका ३ का धर्मराज बराईको छोराको धारिलो हतियार प्रहार गरी हत्या गरेको, २०६४ फागुन ६ गते मोतिपुर १ का भुवन भन्ने प्रेम परियारको गोली हानी हत्या गरेको, २०६४ चैत ९ गते हथिहवा ३ का शिवपुजन कुर्मीको गोली हानी हत्या गरेको, २०६५ भदौ २० गते कपिलबस्तु नगरपालिका १० का पारसनाथ कोहारको श्रीमति अकला कोहारको हत्या गरेको, २०६५ कार्तिक ९ गते तत्कालिन पिपरा गाबिस सचिव राम मिलन प्रसाद गुप्ताको गोली हानी हत्या गरेको, २०६७ बैशाख १३ गते पकडी ६ का राजेन्द्र प्रसाद तिवारीको हत्या गरेको मुद्धा दर्तामा रहेको छ ।

यसै गरी पछिल्लो पटक २०७४ साल वैशाख १३ गते मायादेवी गाउंपालिका वडा नं.४ का वडा अध्यक्ष फतेह मोहम्मदको छोरा ४ वर्षीय मोहम्मद अयमान मुसलमानको अपहरण पछि हत्या गरेको र २०६४ बैशाख १७ गते कपिलबस्तु नगरपालिका १ का सन्दिप कुमार गुप्ताको महेन्द्र जिप रोकी हतियार (बन्दुक) देखाई २ लाख डाँका चोरी गरेको मुद्दाहरु रहेका छन् ।

पक्राउ गरिएका मोष्ट वाण्टेड वादशाहलाई प्रहरीले आज जिल्ला अदालतमा पेश गर्ने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताए । पछिल्लो समय प्रहरीले विभिन्न हत्या अपराधमा संलग्न रहेका फरार अपराधीहरुलार्ई धमाधम पक्राउ गरेको प्रहरी उपरिक्षक दिप शमशेर जबराले बताए । नेपाल कम्युनिष्ट पार्टीका सदस्य रहेका बादशाहलाई नेकपाकै दवावमा स्थानीय प्रशासनले हाल सम्म संरक्षण गर्दै आएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu