Connect with us
Kapilvast Forest

बौद्धबाट पाँचजना पक्राउ

२०७६, २३ असार सोमबारमा प्रकाशित

काठमाडौं । नक्कली सुन देखाएर ठगी गरेको अभियोगमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । महानगरी अपराध महाशाखाको टोलीले सोमबार बौद्धबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट बिस्कुट आकारको १ किलो लेखिएको नक्कली सुन बरामद गरेको छ । प्रहरीले बौद्धको एमएस ज्वेलर्समा राखिराखेको अवस्थामा नक्कली सुन बरामद गरेको महानगरीय अपराध महाशाखा टेकुका प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरुमा चितवनकी ३९ वर्षीया टिनु घिमिरे पन्त, काठमाडौंकी ३४ वर्षीया सस्मिता आचार्य, सिन्धुपाल्चोकका २२ वर्षीय उमेश सुनार, सुनसरीका ३४ वर्षीय जीवन धामी मगर र गोरखाका ६५ वर्षीया जाम्मु लामा रहेको प्रहरी उपरीक्षक ढकालले बताउनुभयो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu