Connect with us
Kapilvast Forest

शिवराजका कृष्ण विद्यावारिधी गर्न छात्रावृत्तीमा अमेरीका जादै ।।

२०७६, १६ श्रावण बिहीबारमा प्रकाशित

दिपक के.सी.
साउन १६, कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ का कृष्ण गहतराज गणित विषयमा विद्यावारिधी गर्न छात्रवृत्ती कोटाबाट अमेरीका जान लागेका छन । निम्न परिवारमा जन्मेका कृष्ण पूर्ण छात्रवृत्तीमा अमेरीका अध्ययनमा जाने नगरका पहिलो व्यक्ति पनि हुन ।
नगर स्तरिय दलित संजालले विद्यावारिधी गर्न अमेरीका जान लागेका कृष्णको विहिबार एक कार्यक्रम गरी सम्मान तथा विदाई सम्पन्न गरेको छ । गणित विषयको नाम सुन्दा नै पढ्नै नपरे हुनेथियो भन्ने मनोभाव हुने नेपाली विद्यार्थीमा गणित विषयबाट नै पिएचडि गर्नको लागी संयुक्त राज्य अमेरीकामा पूर्ण छात्रवृतीमा अध्ययन गर्न पाउनु नगर कै लागी गौरवको कुरा भएको कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य अर्जुन कुमार के.सी.ले बताए । पढ्न भन्दै बर्षेनी हजारौं विद्यार्थी अमेरिका जाने भए पनि त्यहाँ पुगेपछि पढाई भन्दा कमाइमा ध्यान दिई सेटल हुने प्रवृती धेरै भएको उनले जनाए । लाखौं रकम खर्चेर स्टडी भिसामा जानेहरुमा गिन्तीका व्यक्तिले मात्रै अध्ययन गर्ने तर पूर्ण छात्रवृत्तीमा जाने विद्यार्थीले भने अध्ययन गर्न सक्ने भन्दै , अध्ययन पश्चात पून स्वदेशमा आफ्नो ज्ञान सिप लगानी गर्न के.सी.ले आग्रह गरे ।
२०४६ कार्तिक १९ गते सालमा बुबा शिव बहादुर गहतराज र आमा उमादेवि सुनारको कान्छो छोरो छोराको रुपमा जन्मेका कृष्ण सानै देखि नै पढाइमा तेज थिए । प्रारभिक तह बाट नै कक्षा प्रथम हुदै आएका उनले २०६१ सालमा नेपाल आदर्श माध्यमिक विद्यालयबाट एसएलसिमा सहभागि भएका उनले कक्षा ११ ÷१२ बारा सिमराको राष्ट्रिय उच्च माध्यमिक विद्यालयबाट गरे । त्यस पश्चात नेपाल आदर्श बहुमुखि क्यास शिवपुरबाट स्नातक तह उर्तिण गरेका कृष्णले २०७१ मा गणित विषयमा नै मास्टर लेबल उर्तिण गरे ।
एसएलसि दिदै गर्दा पितृ वियोगमा परेका कृष्णको पढाईको सम्पूर्ण जिम्मेवारी उनको आमा र दाजु संजिव गहतराजले उठाए । भाई सानै देखि अध्ययनमा तृक्ष्ण रहेको हुदाँ पारिवारिक बोझ भन्दा भाईलाई पढाइमा नै ध्यान केन्द्रित गर्न आग्रह गरेको दाई संजिवले बताए । आर्थिक अवस्था निकै निम्न भए पनि दाई र आमाले आर्थिक अभाव खड्कन नदिएको कृष्णले बताए । छोराले कमाउला भन्ने बेलामा पनि पैसा पर्दैन राम्रो संग पढ भन्दै हरेक पटक आमा र दाईले साथ दिएको हुनाले आज आफुले सफलता प्राप्त गरेको उनले सुनाए । छात्रवृतिको लागी निरन्तर ४ बर्षको अनवरत प्रयास पछि सफलता प्राप्त गरेको उनले जनाए । इच्छा र विश्वास बलियो भयो भने जुनसुकै कठिन परिस्थितीमा पनि लक्ष्यमा पुग्न सकिने रहेछ उनले भने ।
नगर स्तरिय दलित संजाल शिवराजका अध्यक्ष चिन्ता परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य अर्जुन के.सी., विशिष्ठ अतिथि नगर प्रमुख नेत्रराज अधिकारी, नेकपा नगर कमिटि सचिव जगत पौडेल, लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले सपिङ्ग गर्न भन्दै गहतराजलाई नगद रु. ३० हजार प्रदान गरेका छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu