Connect with us
Kapilvast Forest

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

२०७६, २७ श्रावण सोमबारमा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी ओली स्वास्थ्य परीक्षण गरी सोमबार स्वदेश फर्किनुभएको छ । प्रधानमन्त्री सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षणपछि स्वदेश फर्किनुभएको हाे । उहाँ स्वास्थ्य परीक्षण गर्न गत साउन १८ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्रीलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेललगायतले स्वागत गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीको साउन १९ गतेदेखि स्वास्थ्य परीक्षण शुरु भएको थियो । उहाँले एक हप्तासम्म अस्पतालमै रहेर स्वास्थ्योपचार गर्नुभएको हाे। प्रधानमन्त्रीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिव्यासिंह शाह र स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ जना सहभागी थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu