Connect with us
Kapilvast Forest

सशस्त्र प्रहरीको उदहारणिय कार्य, कृष्णनगरमा ७७ लाख भन्दा बढी राजस्व संकलन

२०७६, २८ श्रावण मंगलवारमा प्रकाशित

सनिउल्ला धोबी, कपिलवस्तु, साउन २८
कपिलवस्तुको मुख्य व्यपारीक नगरी कृष्णनगरमा रहेको सशस्त्र प्रहरी बल कृष्णनगर गुल्मले राजस्व संकलनमा तिव्रता दिएको छ । सशस्त्र प्रहरी बल कृष्णनगर गुल्मले  आर्थिक बर्ष ०७५।०७६ मा भारतबाट भन्सार छलि गरी नेपाल ल्याउदै गरेको ७७ लाख ९३ हजार १ सय ३० रुपैयाको सामान पक्राउ गरी भन्सारमा पठाइ उदहारणिय कार्य गरेको छ ।

 अबैध सामान समात्नमा सशस्त्र प्रहरी कष्णनगरको विभिन्न सुरक्षा गस्ती टोली, सिभिल, चेकजाँचका क्रममा उक्त सामान बरामद गरिएको सशस्त्र प्रहरी कार्यालय कृष्णनगरका गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुशिल कुमार शाहीले जानकारी दिनु भयो । सशस्त्र प्रहरीले गत साउनमा ३७ हजार ९० हजार ९५ बराबरको , किराना सामानहरुर २२ लाख बराबरको चामल लोड गरेको ट्रक आवश्यक अनुसंधानको लागि राजश्व अनुसंधान कार्यालय बुटवल बुझाईएको थियो । त्यस्तै भदौमा ६ लाख ५३ हजार ४सय ५०, असोजमा ४लाख २६हजा ८सय १५ रुपैया, कात्तिक महिनामा २ लाख ६४ हजार ५सय २० रुपैया, मंसिरमा १ लाख ४८ हजार ७ सय ४० रुपैया राजस्व संलन गरेको थियो । 

 सशस्त्र प्रहरी कृष्णनगरले पुस १४ लाख २० हजार ६ सय २५ रुपैया, माघ महिनामा ४ लाख ४६ हजार १सय ६०, फागुन महिनामा ७ लाख ४२ हजार ७ सय १० रुपैया, चैतमा २ लाख ५३ हजार एक सय रुपैया , बैशाख बैशाखमा ३ लाख ४४ हजार ३ सय २५ रुपैया, जेठ महिनामा ३ लाख ५४ हजार नौ सय र असार महिनामा १ लाख ५८ हजार ६ सय ९० रुपैया संकलन गरेको प्रहरी नायब उपरिक्षक शाहीले बताउनु भयो । 

 सशस्त्र प्रहरी बल कृष्णनगर गुल्मले सिमाना सुरक्षा सगै सामाजिक उत्तरदायित्व सहितको काममा समेत सहभागीता जनाउदै आएको शाहीले जानकारी दिनुभयो । यस क्षेत्रको भद्रभलादमीहरुसगँको छलफल पश्चता सुरक्षा रणनिती अपानाई शान्ती सुरक्षाको लागि विभिन्न काम गर्ने योजना रहेको उहाको भनाई रहेको थियो ।

नेपाल, भारतको सिमानामा कडा सुरक्षा दिदै आएका सशस्त्र प्रहरी बल कृष्णनगरले भारतबाट ल्याएको सामानहरु, काठ, चामल, कुखुराको चल्ला, सुर्ती जन्य पदार्थ लगायत सामाग्री बरामद गरी उहारणिय कार्य गरेको छ । खुल्ला सिमानाका कारण कुखुराको चल्ला, दीपावलीमा पड्काउने भुइचम्पा पटाका लगायत अन्य सामानहरु नष्ट गरिएको र लागु औषध नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल कृष्णनगर गुल्मले जनाएको छ । 

साथै सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी यहाको नागरिकमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनका हरपल हरदम तयार रहेको जनाएको छ । साथै सिमा नाकामा प्रहरी खटाएरा अबैध बस्तु ओसारपोसार, रोक्ने अपराधिक गतिविधि हुन नदिने बताइएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu