Connect with us
Kapilvast Forest

बेनीका वडाध्यक्षलाई मोसो र चप्पल लगाएर दुर्व्यवहार

२०७६, ३० श्रावण बिहीबारमा प्रकाशित

म्यादी । म्यादी जिल्लाको बेनी नगरपालिका–२ का वडाध्यक्ष हिराबहादुर थापालाई अपरिचित समूहले कार्यालयमै मोसो र चप्पलको माला लगाइदिएको छ ।

कार्यालयमा काम गरिरहेकै अवस्थामा वडाध्यक्ष थापालाई मोसो र चप्पलको माला लगाएर दुर्व्यवहार गरिएको हो ।

बिहीबार बिहान ११ बजे थापालाई कार्यालयमै आएका अपरिचित समूहले मोसो र माला लगाएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिए ।

मोसो लगाउने समूहको पहिचान भइनसकेको तर नेत्र विक्रम चन्द विप्लव समूहले लगाएको हुन सक्ने आशंका गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए ।

वडाध्यक्ष थापालाई विप्लव समूहले विद्यालय लगायतमा भ्रष्टाचार तथा अनियमितताको आरोप लगाउँदै आएको बताइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu