Connect with us
Kapilvast Forest

प्रगतिशिल लेखक संघको सडक साहित्यिक कार्यक्रम

२०७६, ३२ श्रावण शनिबारमा प्रकाशित

  • राम अवतार चौधरी, कपिलवस्तु÷३२ श्रावण 

सडक साहित्यिक कार्यक्रम कपिलवस्तुको चार नम्बर जितपुर चोकमा शनिबारबाट सूरु गरेको छ । प्रगतिशिल लेखक संघ नेपाल कपिलवस्तुको आयोजनामा भएको कार्यक्रम सक्रिय लेखकहरुले समाजमा थप उर्जा दिनुका साथै समुदायमा जनाचेतना फैलाउनको लागि सो कार्यक्रम आयोजना गरिएको हो ।

यसैगरी यहि श्रावणबाट सुरु भएको सडक साहित्यिक कार्यक्रम प्रगतिशिल लेखक संघले अब हरेक महिनाको अन्तिम शनिबार गर्ने संघले जनाएको छ । पहिलो पटक यस्तो साहित्यिक कार्यक्रम गर्दा समुदायमा केही फरक जनचेतनामूलक प्रभाव पर्ने आयोजकले दावी गरेको छ । साथै यहि भदौ महिनाको अन्तिम साता कोईली बनगाई चोकमा आयोजना गरिने बताईएको छ ।

कार्यक्रमले समुदायमा नयाँ आयम थप्नुका साथ–साथै नव प्रतिभालाई अवसर दिनुपर्ने अहिलेको आवश्यकता ठानेर गाउँ देखि चोक सम्म पनि पुग्न जरुरी रहेको आयोजकले बताएको छ । कार्यक्रममा वक्ताहरुले साहित्यिक गीत, गजल, मुक्त र कविता लगायतका रचना प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रम प्रगतिशिल लेखक संघका अर्जुन पौडल (शर)को अध्यक्षता, सोही संघको उपाध्यक्ष नृत्यनन्द पाण्डेको स्वागत मन्तव्य र सचिव दीपक अनुरागीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu