Connect with us
Kapilvast Forest

नेपाल मौरी पालक संघ कपिलवस्तुको ११औं साधारण सभा सम्पन्न

२०७६, २ भाद्र सोमबारमा प्रकाशित

“मौरी मानव जीवनको अभिन्न अंग हो”–रिसर्च पर्सन शुक्ला
कपिलवस्तु, भद्रा २ ।
मौरी मानव जीवनको अभिन्न अंग रहेको लुम्बिनी एपी कल्चर सेन्टरका डाइरेक्टर अनिरुद्र प्रसाद शुक्लाले बताएका छन् ।
इसिमोड रिसर्च सेन्टर काठमाडौंका रिसर्च पर्सन समेत रहेका शुक्लाले मौरीबाट नै मानवले अप्रत्यक्ष रुपमा लाभ लिएको औल्याउँदै मौरी बिना मानव जीवन असम्भव रहेकोमा जोड दिए । नेपाल मौरी पालक संघ कपिलवस्तु शाखाको ११औं साधारण सभालाई सम्बोधन गर्दै रिसर्च पर्सन शुक्लाले यस्तो बताएका हुन् । हरेक दृष्टिकोणले मौरी मानव जीवनसँग गाँसिएकाले मौरी पालनतर्फ लाग्न कृषकहरुलाई आग्रह गरे । पछिल्लो समय मौरीको माग बढेकाले मौरीपालन व्यवसायलाई व्यवसायिकरण गर्न तर्क पेश गरे ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाल मौरी पालक महासंघका केन्द्रिय उपाध्यक्ष श्याम अर्यालले मौरी पछिल्लो समय कपिलवस्तुका कृषकहरु मौरीपालन तर्फ उन्मुख भएकोमा खुशी व्यक्त गर्दै यो व्यवसायलाई अझ सशक्त रुपमा अघि बढाउनुपर्नेमा जोड दिए । यस्तै कार्यक्रममा ५ नम्बर प्रदेश कृषि निेर्देशनालयका कषि अर्थ विज्ञ युवराज ढकाल, ५ नम्बर प्रदेश कृषि विकास अधिकृत दिनबन्धु पौडेल लगायतले मौरीको महत्वबारे चर्चा गर्दै यसलाई व्यवसायीकरण गर्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा नेपाल मौरी पालक महासंघ कपिलवस्तु शाखाका अध्यक्ष मोहन अधिकारीले मौरी मानव जीवनसँग प्रत्यक्ष गासिंएको भएपनि सरकारले खासै चासो नदिँदा दुःख व्यक्त गरे । उनले जिल्लामा मौरी पालन व्यवसाय गर्ने सम्पूर्णलाई व्यवसायिक रुपमा लाग्न र महासंघमा आबद्ध हुन आग्रह गरे । कार्यक्रममा अध्यक्ष अधिकारीले वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम गत शनिबार सम्पन्न भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu