Connect with us
Kapilvast Forest

जलवायु परिवर्तनको प्रभाव रोक्न वानस्पतिक भोजन

२०७६, २ भाद्र सोमबारमा प्रकाशित

काठमाडौं । संयुक्त राष्ट्रसंघका विशेषज्ञहरुले जलवायु परिवर्तनको प्रभाव रोक्न वानस्पतिक भोजन उपयुक्त हुने निष्कर्ष निकालेका छन् ।

भू–उपयोग र जलवायु परिवर्तनका सम्बन्धमा विशेषज्ञहरुद्वारा गरिएको अनुसन्धानमा मासु र दुग्धजन्य पदार्थको उपभोगले गर्दा विश्वको तापमान बढेको पत्ता लागेको हो ।

पश्चिमी समाजमा अत्याधिक माछामासु उपभोग गर्ने बानीले समस्या बढाएको अध्ययनको प्रतिवेदनमा उल्लेख छ ।

अध्ययनले शाकाहारी भोजन गर्ने बानी बसालेमा थोरै जमिनको उत्पादनले धेरै मानिसलाई आहार पुग्ने उल्लेख गरेको छ ।अध्ययन कुनै शाकाहारी अभियान प्रेरित नभएको विज्ञहरुले प्रष्ट पारेका छन् ।

बदलिदो जलवायुका सम्बन्धमा राष्ट्रसंघले सञ्चालन गरेको अन्तर–सरकारी अध्ययनमा विश्वका १ सय ७ वैज्ञानिकहरुको सहभागिता रहेको जनाइएकाे छ ।अध्ययनपछि स्वीजरल्याण्डको जेनेभामा सार्वजनिक प्रतिवेदनमा वानस्पतिक खाद्यपदार्थ उत्पादन गर्न जमिनको उपयुक्त प्रयोग गरिएमा उत्सर्जन भएको कार्बनडाइअक्साइड माटामै मिसिने जनाइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu