Connect with us
Kapilvast Forest

सिंहदरबारभित्रै आत्महत्या गर्ने केसी को हुन् ?

२०७६, ३ भाद्र मंगलवारमा प्रकाशित

काठमाडौं । सिंहदरबार भित्र एक नायव सुब्बाले आत्महत्या गरेका छन् । राष्ट्रिय योजना आयोगमा कार्यरत नायब सुब्बा बच्चु केसी कार्यालयमा मृत अवस्थामा फेला परेका हुन् । मृतक केसीले कार्यालयभित्रै विष सेवन गरेको आशंका गरिएको छ ।

सिंहदरबारको योजना आयोगका एक कर्मचारीले आत्महत्या गरेको खबर आएपछि प्रहरी अनुसन्धानका लागि त्यसतर्फ गएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

को थिए केसी ?
राष्ट्रिय योजना आयोगमा कार्यरत नायब सुब्बा तत्कालिन राजदबारमा कार्यरत कर्मचारी थिए । राजदबारपछि सामान्य प्रशासन र परराष्ट्रको पासपोर्ट शाखा हुँदै राष्ट्रिय योजना आयोगमा नायब सुब्बाको रुपमा कार्यरत थिए ।काठमाडाैंकाे टाैदहमा बस्ने केसीका पूर्वसहकर्मीका अनुसार परराष्ट्रमा भएका बेला सरकारी कर्मचारीको पासपोर्ट किर्ते गरेको मुद्दा उनीमाथि चलिरहेको थियो ।

पछिल्लो समय आयोगमा हालिमुहाली रहेका केसी योजना तथा कार्यसम्पादनमा अत्यन्तै सक्रिय भूमिका निर्वाह गर्ने व्यक्तिका रुपमा चिनिएको उनका सहकर्मी बताउँछन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu