Connect with us
Kapilvast Forest

प्रधानमन्त्रीले बोलाए सिंगापुरबाटै बैठक

२०७६, ९ भाद्र सोमबारमा प्रकाशित

 

काठमाडौं । प्रधानमन्त्री केपी ओली भिडियो ‘कन्फरेन्स’ बाट सामेल हुने गरी आज (साेमबार) अपरान्ह १२ बजे मन्त्रिपरिषद्को बैठक बोलाइएकोे छ ।

प्रधानमन्त्री ओली हाल स्वास्थ्य उपचारको लागि सिंगापुरमा हुनुहुन्छ । प्रधानमन्त्री भिडियो कन्फेरेन्सबाट सहभागी हुने भएकाले सरकारका नियमित काम नरोकिने भएका छन् ।बैठकमा प्रधानमन्त्री सिंगापुरबाट भिडियो कन्फेरेन्समा र अरू सबै मन्त्रीहरु प्रधानमन्त्री कार्यालयमा उपस्थित भएर सम्बाद हुने कार्यक्रम रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओलीको उपचारको क्रममा प्लाज्मा फेरेसिस प्रक्रिया गत शुक्रबारबाट नेशनल युनिभर्सिटी हस्पिटल सिंगापुरमा शुरु गरिएको र प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu