Connect with us
Kapilvast Forest

दाहालकाे अध्यक्षतामा नेकपा सचिवालय बैठक शुरू

२०७६, ९ भाद्र सोमबारमा प्रकाशित

काठमाडौं । पुष्पकमल दाहालको अध्यक्षतामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुरू भएको छ। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको अनुपस्थितिमा आज पहिलोपटक दाहालकाे अध्यक्षतामा बैठक बसेको हो ।

बैठक डाक्नुअघि दाहालले कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलसँग परामर्श गर्नुभएको थियो ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुरू बैठकले पार्टीको सांगठनिक एकता एवम् केन्द्रीय सदस्यहरूको कार्यविभाजनको बाँकी काम सक्ने गरी छलफल गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।यसअघि बैठकको अध्यक्षता दुवै अध्यक्षले संयुक्त रूपमा गर्दै आउनुभएको थियो । बैठकले केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, निर्वाचन आयोग, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय जेष्ठ नागरिक मञ्चको टुंगो लगाउने तयारी गरेको छ।

यसअघि दाहालले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत भेटर्वार्ता गर्नुभएकाे थियाे ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu