Connect with us
Kapilvast Forest

सुनको मूल्यमा कीर्तिमान, प्रतितोला ७३ हजार ५०० रुपैयाँ

२०७६, ९ भाद्र सोमबारमा प्रकाशित

भदौ ९ । नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । सुनको मूल्यले नयाँ कीर्तिमान बनाउँदै सोमबार प्रतितोला ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । सुनको मूल्यमा यो हालसम्मकै उच्च दर हो ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ७२ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार प्रतितोला एक हजार रुपैयाँले बढेर ७३ हजार ५०० रुपैयाँ मा कारोबार भएको हो ।

यस्तै तेजाबी सुन ७३ हजार २०० मा कारोबार भएको महासंघले जनाएको छ ।यस्तै सोमबार चाँदीको मूल्य प्रतितोला ८६० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला ८५० रुपैयाँमा कारोबार भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu