Connect with us
Kapilvast Forest

नेपालकै पहिलो वालविवमह मुक्त नगर बुद्धभूमी

२०७६, १० भाद्र मंगलवारमा प्रकाशित

मणि प्रसाद गैेह्रे , कपिलवस्तु भदौ १०,
नेपालकै पहिलोे वालविवाह मुक्त नगरपालिका कपिलवस्तुको बुद्धभुमी नगरपालिका भएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका एकै पटक पूर्ण बालविवाह मुक्त र पूर्ण खोप युक्त नगरपालिका घोषणा भएको छ । मंगलवार स्वास्थ्य तथा जनसख्या राज्य मन्त्री डा. सुरेन्द्र यादवले नगरपालिकालाई गोरुसिंगेमा पूर्ण बालविवाह मुक्त र पूर्ण खोप युक्त घोषणा गरे ।

नगरपालिकाले तयार पारेको प्रतिवेदनको शाराशंमा उल्लेख गरेको कुरा उच्चारण तथा हस्ताक्षर गरेर यादवले नगरपालिकालाई एकै पटक वालविवाह मुक्त र पुर्ण खोप सुनिश्चित नगर घोषणा गरे । मानव विकासको लागी खोप र महिला हरुको स्वास्थ्य अवस्था सुधार गर्नको लगाी वालविाह रोक्नु र वालवालिकाहरुलाई पुर्ण रुपमा खोप लगाउनु महत्वपुर्ण र उल्लेखनीय कार्य भएको यादवले बताए ।

संघिय व्यवस्था लागु भएपछि स्थानीय तहले भौतिक विकासका साथै सामाजिक र मानविय विकासको लागी ढोका खुलेको हुंदा बुद्धभुमी नगरपालिकाले गहन र महत्वपुर्ण कार्य सम्पादन गरेर सरकारले निर्धारण गरेका सूचक पुरा गरी घोषणा गरेको हेर्न पाउदां अत्यन्त खुसी लागेको उनले बताए । नेपालमा छिटो विवाहका कारण महिला र वालवालिका लाई समस्या पर्ने तथा खोप नलगाउदा अकाल ज्यान जाने घटना धेरै भएको हुंदा यो तहले यस्तो समस्या वाट मुक्ति मिलेको बताए । नेपालका अन्य स्थानीय तहले समेत यसको सिको गरी यस्ता कामहरु गर्न समेत उनले आग्रह गरे । साथै सरकारले गत बर्ष भन्दा यस आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा केही बजेट बुद्धि गरेर कामहरु अगाडी थालेको समेत मन्त्री यादवले बताए ।
प्रतिवेदन पेश गर्दैैबुद्धभूमी नगरपालिाका नगर प्रमुख केशव कुमार श्रेष्ठले सन् २०१३ मा वालविवाहको अवस्था हेर्दा ४४.५८ रहेकोमा साविक गाविसहरुले र नगरपालिका भएपछि विभिन्न अभियान चलाएपछि २०१९ मा आउदा वालविवाहको अवस्था २.९२ प्रतिशत भएको कारण घोषणा गरिएको बताए । त्यस्तै ९९ प्रतिशत वालवालिकाहरुमा खोप लगाएको अवस्था सर्वेक्षणवाट आएकोले नगरलाई पुर्ण खोप नगर समेत घोषणा गरेको बताए । विभिन्न समयमा १० वटै वडा लाई घोषणा सम्पन्न गरेकोले यसै सभा मार्फत नगरलाई नै घोषणा गरेको उनले प्रतिवेदनमा उल्लेख गरे । यस अघि नगरपालिका गत साल नै पुर्ण साक्षर नगर समेत घोषणा भैसकेको छ ।

नगरपालिकाले छिट्टै नै शून्य होम डेलिभरी नगरपालिका पनि घोषणा गर्ने तयारी थालेको छ । हालसम्म दुई वडा शुन्य होम डेलिभरी वडा घोषणा भैसकेको भन्दै अबका केही महिना पछि ४ वडा एकै पटक शुन्य होम डेलिभरी हुन लागेको नगर प्रमुख श्रेष्ठले जानकारी दिए ।
नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर गतिविधि सञ्चालन गरिरहेको उनले बताए । गत बर्ष देखि नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेको भन्दै यो बर्ष पनि स्वास्थ्यका लागि वजेट छुट्टाएको बताए ।

सो अवसरमा प्रदेश सभा सदस्य सहसराम यादव, सन्तोष पाण्डेय, जिल्ला समन्यव समितिका प्रमुख नारायण प्रसाद खनाल, वाणगगा नगरपालिका प्रमुख मगल प्रसाद थारु, प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ, मायादेवी गाउंपालिकाका अध्यक्ष वजरगी कुर्मी, शिक्षक महासंघका देवराज पाण्डेय, पत्रकार महासंघका हरी अधिकारी लगायतले शुभकामना दिएका थिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu