Connect with us
Kapilvast Forest

स्थायी लेखा नम्बर परिचय मात्र हो, कर लाग्दैन

२०७६, १३ भाद्र शुक्रबारमा प्रकाशित

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले प्यान कार्ड लिएवापत कर तिर्नु नपर्ने बताउनु भएकाे छ । याे पनि नागरिकता जस्तै विषय भएकाले सबैले करदाता परिचयपत्र अनिवार्य लिनुपर्ने बताउनुभयाे ।

नेपाल चेम्बर अफ कमर्सले शुक्रबार राजधानीमा गरेको अन्तरक्रियामा मन्त्री खतिवडाले अनौपचारिक व्यवसाय र आय आर्जनलाई औपचारिक व्यवसाय र आयआर्जनमा लैजाने काम प्यान नम्बरले गर्ने भएकाले यसलाई ठूलो विषय बनाउनु नपर्ने बताउनुभएको हो । उहाँले देशका नागरिकका लागि नागरिकता अनिवार्य विषय भए जस्तै सरकारले दिने सेवा सुविधा लिनका लागि हरेकले करदाता परिचयपत्र लिनुपर्ने बताउनुभयो ।

‘नागरिकता दिँदा सरकारले कर लिएको छ र तपाईसँग ?’, खतिवडाले भन्नुभयो, ‘प्यान लिँदा पनि त्यही हो, प्यान लिएवापत कर तिर्नुपर्ने कुरा त होइन नि ।’

उहाँले अनौपचारिक व्यवसायलाई औपचारिक प्रणालीमा ल्याउनका लागि नै ढुवानी सेवामा मुल्य अभिवृद्धि कर लगाइएको प्रष्ट पार्नुभयो । उहाँले ढुवानीका साधन एउटाको, मालिक अर्कै र व्यवसाय अर्कैले चलाउने अस्तव्यस्त आर्थिक कारोबार र व्यवसायलाई प्रणालीमा ल्याउनका लागि मुल्य अभिवृद्धि करको अर्को विकल्प नभएको बताउनुभयो ।नीतिगत व्यवस्थाका कारण अन्तरदेशीय व्यापारलाई औपचारिक गराएर व्यवस्थित गर्न नसकिएको खतिवडाको भनाइ थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu