Connect with us
Kapilvast Forest

इजरायलमा पाँच महिनामा दोस्रोपटक आमनिर्वाचनका लागि मतदान

२०७६, ३१ भाद्र मंगलवारमा प्रकाशित

काठमाडौं, भदौ ३१ । इजरायलमा पाँच महिनामा दोस्रोपटक आमनिर्वाचनका लागि मतदान भइरहेको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकार अल्पमतमा परेपछि एकै वर्षभित्र दोस्रोपटक आमनिर्वाचन भएको हो ।

इजरायलको इतिहासमा सबैभन्दा लामो अवधिसम्म नेतान्याहु प्रधानमन्त्रीको पदमा छन् ।

भ्रष्टाचार र प्यालेस्टाइन मामिलामा विवादास्पद देखिएका नेतान्याहु फेरि पनि चुनावमा विजयी हुने विश्वासमा छन् ।तर, मत सर्वेक्षणहरुले उनको दलले पूर्ण बहुमत ल्याउने सम्भावना कमै रहेको देखाएका छन् ।

चुनावमा नेतान्याहुको लिकुड पार्टी र अवकाशप्राप्त सैनिक प्रमुख बेन्नी गान्जको नेतृत्वमा रहेको ब्लु एन्ड ह्वाइट पार्टीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

दुवै पार्टीले बहुमतको सरकार बनाउने सम्भावना नरहेका कारण साना दलसँगको गठबन्धनलाई बलियो बनाउन खोजिरहेका छन् ।यसअघि, गत अप्रिलमा सम्पन्न चुनावमा प्रधानमन्त्री नेतान्याहुको लिकुड पार्टी संसदमा ठूलो दल बने पनि पूर्ण बहुमत हासिल गर्न असफल रहेको थियो ।

साना दलको सहयोग लिएर सरकार बनाए पनि लिबरम्यानको दलले सरकारमा सहभागी हुन अस्वीकार गरेको थियो ।लिबरम्यानका कारण सरकार अल्पमतमा परेपछि नेतान्याहुले संसद विघटन गरी नयाँ निर्वाचनको मिति तोकेका थिए । (एजेन्सी)

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu