Connect with us
Kapilvast Forest

खानेपानी तथा सरसफाई योजना तर्जुमा गोष्ठी

२०७६, २ आश्विन बिहीबारमा प्रकाशित

राम अवतार चौधरी, कपिलवस्तु÷ ०२ असोज ।

कपिलवस्तुको शिवराज नगरपालिकामा वडा स्तरिय खानेपानी तथा सरसफार्ई योजना तर्जुमा गोष्ठी कार्यक्रम बिहीबार सम्पन्न भएको छ । शिवराज नगरपालिका चन्द्रौटा कपिलवस्तुको आयोजना, किर्डाकको सहजीकरण र युनिसेफको सहयोगमा शिवराज नगरपालिका वडा नं.३ कार्यालय खरेन्द्रपुरमा कार्यक्रम सम्पन्न भएको हो ।

गोष्ठी कार्यक्रममा किर्डाक नेपालका वास कन्सलटेन्ट सुर्य थापाले कार्यक्रमलाई सम्बोधन गर्दै वातावरण स्वाच्छा सफा र खानेपानीको व्यवस्थापनको लागि हामी सबै एकजुट भएर लाग्नु पर्ने अति आवश्यक रहेको बताएका छन् । उनले यस कार्यक्रमले सामुदायमा रहेका खानेपानी र सरसफाई सम्बन्धि समस्यहरुलाई पहिचान गरेर पहल गर्ने र अगामी दिनमा सोही अनुसार योजना तर्जुमा लगायतका विकासमा जोड् दिने थापाले बताए ।

यसैबीच कार्यक्रममा किर्डाक नेपाल कपिलवस्तु जिल्ला संयोजक हरि प्रसाद लौडारीले सो कार्यक्रम फलदायी हुने आशा गर्दै किर्डाक नेपालले जनचेतनामूल थुपै्र कार्यक्रमहरु गर्दै आएको बताए । यो कार्यक्रम शिवराज नगरपालिकामा मात्रै नभउर देशैभरि सञ्चालन हुँदै आएको छ शिवराज नगरपालिकामा प्रत्येक कार्यक्रममा ३ वटा वडा बीच एउटा कार्यक्रम भएकोे शिवराज नगरपालिको किर्डाक नेपालका वास अफिसर राजेश चौधरीले बताए ।

सो कार्यक्रममा सहजकर्ता र सहभागीहरु बीच खानेपानी तथा सरसफाईबारे के–कस्ता योजनाहरु ल्याउँदा उचित हुन्छ र खानेपानी तथा सरसफाई कहाँ निर आवश्यक छ लगायतको बिषयमा छलफल गरिएको हो । यस बिषयमा गरिएको छलफलले सुझाब, सल्लाह संकलन पश्चात अगामी दिनमा सोही अनुसारको योजना बनाउने उद्देश्यले आयोजना गरिएको वडा नम्बर ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले बताए ।

सम्मुन्नत समाज निर्माणमा समाजिक अगुवाहरुको भुमिका बारे गोष्ठी कार्यक्रमले सचेत गराएको स्थानिय राजकुमार ठाकुरले बताए ।उक्त कार्यक्रममा शिवराज नगरपालिका वडा नम्बर ३, ४ र ११ वडाको वडा अध्यक्ष टेकलाल सापकोटा, सकिल अहमद मुसलमान र रमेश्वर प्रसाद बर्मा लगायतको नेतृत्व, समाजसेवी, बुद्धिजिबी र समाजिक अगुवा तथा विभिन्न संघ संस्थाका पदाधिकारी प्रतिनिधी लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu