Connect with us
Kapilvast Forest

भृकुटीमण्डपमा स्टक क्लियरेन्स मेला, मेलामा उपभोक्ताको भिड

२०७६, २ आश्विन बिहीबारमा प्रकाशित

काठमाडौ । दशैंको अवसर पारेर राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेलासुरु भएको छ ।

चाड पर्वका बेला सस्तो मूल्यमा एकै छानामुनी स्वदेशीतथाविदेशी सामानहरुउपलब्धगराउनकालागि मेलाको आयोजना गरिएको हो । ‘दशैंको बेला सस्तो मेला’भन्ने नाराका साथ स्टक क्लियरेन्स मेला ५ दिनसम्मसञ्चालन हुनेछ ।

एक्स्पोमादशैंका लागिआबश्यक सबै किसिमका सामाग्रीहरुको कारोबार हुने आयोजक संस्थाइभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताउनु भयो ।

विगतवर्षका मेलाअधिक रुचाइए पछि यस वर्ष पनि मेलालाई निरन्तरतादिइएको हो । मेलामानेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड र जापानकाउत्पादनतथाप्रदर्शकहरुको सहभागिता रहेको छ । यस पटकको मेलामाविभिन्नकिसिमकाबम्पर छुट अफर समेत सञ्चालन गरिएको छ ।

मेलामा जुत्ता तथा चप्पल उद्यमी समुहअन्तरगतका ४ वटा नेपाली ब्राण्डको सहभागिता छ । बिएफ डियर हिल, रन सुज, शिखर सुज र शु ल्याण्डका १ हजारभन्दाबढी मोडलका जुत्तातथाचप्पलहरु १५ देखि ७५ प्रतिशतसम्मको छुटमा खरिद गर्न सकिने बिएफ डियर हिलका प्रबन्ध निर्देशक होमनाथ उपाध्यायले बताउनु भयो । रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेका अनुसार स्पोर्टस, क्याजुअलतथा पाटसर्् सुजका साथै छालाका पेटीहरु सुपथ मूल्यमा उपलब्ध गराउँदै दशैंको फूलपातीसम्मविभिन्न मेलामा उद्यमी समुहले निरन्तर सहभागिता जनाउने

‘अफरै अफरको ब्यापारिक मेला शपिगं गर्ने यहि हो बेला भन्ने अर्को नारा सहित सुरु भएको मेलामाबजारको तुलनामा सस्तोमा सामान खरिद गर्न सकिन्छ ।
जहाँ घरायसीप्रयोजनका सम्पूर्ण सामाग्री, छालाका उत्पादनहरु, खानाका परिकार तथाउत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायतसामाग्रीकासयभन्दा बढी स्टलहरु रहेकाछन् ।’ इभेण्ट सोलुसनप्रालिकाबजार निर्देशकनविन भट्टले भन्नु भयो ।

दशैंका लागिआवश्यक सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकै ठाउँबाट बिशेष छुटमा उपलब्ध गराउने लक्ष्यका साथआयोजनागरिएको एक्सपोमा फिक्स्ड प्राइसका साथै विशेष अफरहरु समेत सञ्चालन हुनेछ । ६० हजार उपभोक्ताले मेलाकोअवलोकनगर्ने अनुमानगरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu