Connect with us
Kapilvast Forest

वृद्धभत्ता पाउने भएपछि नागरिकताकाे खोजी

२०७६, २ आश्विन बिहीबारमा प्रकाशित

  • हरि अधिकारी

कपिलवस्तु । वाणगंगा– २ राजपुरकी एक वृद्ध महिलाले बल्ल नागरिकता बनाएकी छन् । ७६ वर्षीया भक्तमाया ठकुरीले इलाका प्रशासन कार्यालय वाणगंगाबाट नागरिकता बनाएकी हुन् । गरिबीसँगै नागरिकताको महत्व थाहा नपाउँदा हालसम्म नागरिकता नबनेको भक्तमायाले बताइन् । भक्तमाया २०३९ सालमा लमजुङ्गदेखि वाणगंगाको निबुवामा बसाइसरी आएकी थिइन् । हाल उनी वाणगंगा–२ राजपुरको ताप्केमा आफना जेठो छोरासँग बस्दै आएकी छन् । महोत्तरीमा जन्मभई लमजुङ्गका विवाह भएकी भक्तमायाको ४ छोरा र २ छोरी छन् भने १ छोरा बेपत्ता छन् । श्रीमानको मृत्यु र अन्य कागजी प्रकिृया नुपग्दा नागरिकता बन्नेमा हालसम्म ढिलाई भएको थियो । नागरिकताको महत्व नबुझदा र छोराको वेवास्ताका कारण आमाको नागरिकता नबनेको उनका छोरा माइला ठकुरीले बताए ।

इलाका प्रशासन कार्यालय वाणगंगाले ७६ वर्षीय भक्तमायालाई माइती घरको विवरण, पति रहेको जिल्लाको विवरण, प्रहरी मुचुल्का र वडाको सिफारिसका आधारमा नागरिकता वितरण गरेको छ । छोराको नागरिकता बनिसकेको र हालसम्म आमाको नागरिकता नबनेको हुँदा सनाखत र अन्य कागजात भिडाई नागरिकता वितरण गरिएको इलाका प्रशासन कार्यालय वाणगंगाका प्रमुख सागर अधिकारीले बताउनुभयो ।

वृद्ध अवस्थामा आर्थिक समस्या र छोराछोरीले बेवास्ता गर्दा नागरिकता बनाउनु परेको भक्तमायाले बताइन् । बृद्ध भत्ता लगायत सरकारबाट पाउने सेवा सुविधाबाट बञ्चित हनु परेकोले नागरिकता बनाउन आएको उनले बताइन् । ७० वर्षको उमेर पुगेपछि वृद्ध भत्ता, स्वास्थ्य बीमा लगायतका अन्य सेवा सुविधा प्राप्त गर्न सहज हुने कार्यालय प्रमुख अधिकारीले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu