Connect with us
Kapilvast Forest

हुवावेमा अमेरिकी प्रतिबन्धको प्रभाव परेन

२०७६, १ आश्विन बुधबारमा प्रकाशित

बेइजिङ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ प्रविधि कम्पनी हुवावेलाई अमेरिकी प्रविधि प्रयोग गर्न नदिने चेतावनी दिनुअघि नै सम्भावित खतरालाई विचार गरी हुवावेले प्रविधि अनुसन्धानका कार्यमा लगानी बढाएको छ।

अमेरिकी प्रविधिसँगको निर्भरता तोड्ने उद्देश्यसहित हुवावेले गरिरहेको लगानीले अमेरिकी कम्पनीलाई हुवावेसँगको सम्बन्धका बारेमा सोच्न बाध्य बनाएको छ। हुवावेका संस्थापकको भनाइमा कम्पनीले अनेक चुनौतीबीच आफ्ना उत्पादनलाई विश्व बजारमा स्थापित गराउन कुनै कसर बाँकी राखेको छैन।

अमेरिकी नागरिकले खासै प्रयोग नगर्ने हुवावे टेक्नोलोजिज् लिमिटेड हाल विश्वमै स्मार्टफोन उत्पादनमा दोस्रो स्थानमा छ। टेलिफोन संजाल निर्माणको मुख्य कार्य ‘स्विचिङ गियर’ बनाउन हुवावेले महारथ हासिल गरेको छ। यसका उपकरण विश्वका ५० सर्वाधिक ठूला टेलिफोन प्रदायकमध्ये ४५ वटाले प्रयोग गरिरहेका छन्।

हुवावेले पछिल्लो पुस्ताको टेलिकम अर्थात् ‘फाइभ–जी’ सेवा उपलब्ध गराउन थालिसकेको छ। यसले तीब्र गतिको इन्टरनेट सेवा मात्र नभई चालकविहीन कारसमेतका कार्यमा प्रविधि उपलब्ध गराउने योजना अघि सारेको छ। यी कार्यले पश्चिमा राष्ट्रमा सुरक्षा चासो बढाएको छ र ‘फाइभ–जी’ राजनीतिक रूपमा संवेदनशील विषय बनेको छ।
हुवावेलाई खासगरी गुगलको एन्ड्रोइड सेवालगायत अमेरिकी नवीन प्रविधिको पनि खाँचो छ। तर हुवावेले एन्ड्रोइडको विकल्पमा नयाँ प्रविधि विकास गर्न गत दशकमा ६५ अर्ब अमेरिकी डलर खर्च गरेको छ। ‘चीन अमेरिकी प्रविधिमाथिको निर्भरता तोड्न चाहन्छ। चीन कैंयौं क्षेत्रमा आत्मनिर्भर भइसक्यो,’ स्टकहोमस्थित अनुसन्धान संस्था नर्थ स्ट्रिमका बेन्ग्ट नर्डस्ट्रोमले बताए।

हुवावेको बिक्री सन् २०१८ मा एक सय साता अर्ब डलर रहेको थियो, जसबाट करिब १५ अर्ब डलर अनुसन्धान र विकासका कार्यमा खर्च गरिएको थियो। यो रकम एप्पल वा माइक्रोसफ्टभन्दा बढी हो। हुवावेसँग चीन र सिलिकन भ्याली, रुस, भारतको बैंगलोर तथा अरु औद्योगिक केन्द्रहरुमा गरी करिब ७६ हजार इन्जिनियर र अरु अनुसन्धाता छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu