Connect with us
Kapilvast Forest

‘मिस्टर नेपाली’ को दशैं गीत ‘हे मेरा परदेशी दाजुभाई’

२०७६, १० आश्विन शुक्रबारमा प्रकाशित

काठमाडौं– सदावहार अभिनेता भुवन केसीको दोहोरो भूमिका रहेको फिल्म ‘मिस्टर नेपाली’ कात्तिक २९ बाट प्रदर्शनमा आउँदैछ । फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले भने प्रचारप्रसार सुरु गरेको छ ।यसै क्रममा फिल्मको दशैं गीत ‘हे मेरा परदेशी दाजु भाई’ सार्वजनिक गरिएको छ । गीतमा लिरिकल भिडियो समेट्दै सार्वजनिक गरिएको हो ।

गीतले विदेश गएका नेपालीहरुको कथा बाचन गरेको छ । गीतमा हेमन्त कान्छा रसाइलीको स्वर, देव भुषालको शब्द तथा सुवाष भुषालको संगीत गीतमा छ । भूवन केसी, सरोज खनाल, विष्णु सापकोटा, रिमा विश्वकर्मा, नन्दु श्रीवास्तवको साथमा नयाँ अनुहार साहिल श्रेष्ठ र कुसुम राउतको मुख्य भूमिका रहेको फिल्म देव भुषालको लेखन, पटकथा तथा निर्देशनमा तयार भएको हो ।

प्रेमराज दाहालको लगानी, निरज कँडेलको छायाँकन, कविराज गहतराजको कोरियोग्राफी फिल्ममा छ । परदेशमा रहेपनि मन नेपाली नै हुन्छ भन्ने कथा फिल्मले देखाउन खोजेको निर्देशक भुषालले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu