Connect with us
Kapilvast Forest

बायर्नले जित्दा डर्टमन्ड बराबरीमा रोकियो

२०७६, १२ आश्विन आईतवारमा प्रकाशित

जर्मन बुन्डेस लिगामा साविक विजेता बायर्न म्युनिखले कठिन जित निकाल्दा अर्को बलियो टोली बोरुसिया डर्टमन्ड भने बराबरीमा रोकिएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा बायर्नले घरेलु टोली पाडेरबर्नलाई ३–२ गोलले हरायो । डर्टमन्ड वेर्डेर ब्रेमेनसँग २–२ गोलको बराबरीमा रोकियो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा बायर्नलाई जिताउन सर्जी जिनाब्री, फिलिप कोउटिन्हो र रोवर्ट लेवान्डोस्कीले गोल गरे । घरेलु टोलीका केइ प्रोगर र जमिलु कोलिन्सले गोल गरे । बायर्नले १५औं मिनेटमा सर्जी जिनाब्रीको गोलबाट अग्रता लिएको थियो । ५५औं मिनेटमा कोउटिन्होले गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाए । ६८औं मिनेटमा केइ प्रोगरले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरे ।

७९औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नको अग्रता थप बलियो बनाए । पाडेरबर्नका जामिलु कोलिन्सले ८४औं मिनेटमा गोल गरेपनि टोलीको हार टार्न सकेनन् । जितसँगै शीर्ष स्थानमा उक्लिएको बायर्नले ६ खेलबाट १४ अंक बनाएको छ । एक अंकमा सिमित पोडेरबर्न तालिकाको अन्तिममा छ । दोस्रो स्थानको आरबी लेइपजिगको १३ अंक छ । शनिबार रातिनै भएको खेलमा लेइपजिग साल्केसँग ३–१ ले पराजित भएको थियो ।

यसैगरी अर्काे खेलमा बोरुसिया डर्टमन्डका लागि मारियो गोट्जेले नवौं र मार्काे रिउसले ४१औं मिनेटमा गोल गरे । वेर्डेर ब्रेमेनका मिलोट रासिचाले सातौं र मार्काे फ्रेइडले ५५औं मिनेटमा गोल गरेका थिए । बराबरीसँगै ११ अंक बनाएको डर्टमन्ड सातौ स्थानमा छ । सात अंक बनाएको वेर्डेर ब्रेमेन १०औं स्थानमा छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu