Connect with us
Kapilvast Forest

समुद्रमा समातिएको ३३ करोडभन्दा बढी मूल्यको ब्लूफिन टुना माछा जब समुद्रमै छाडियो…

२०७६, १२ आश्विन आईतवारमा प्रकाशित

आयरल्याण्डको समुद्री किनारा वेस्ता कर्क चार्टड कम्पनीका डेव एडवर्ड नामका व्यक्तिले ३० लाख डलरभन्दा बढी मूल्य पर्ने ब्लूफिन टुना माछा समात्दा पनि छाडिदिएका छन् । उनले ८.५ फिट लामो माछा समातेका थिए । तर त्यति महङ्गो माछालाई समातेर राख्नुको साटो उनले छाडिदिए ।

माछा किन छाडियो भने प्रश्नमा एडवर्डले आफू र आफ्नो टिमले व्यवसायिक प्रयोगका लागि माछा मार्ने नगर्ने गरेको बताए । माछा समातिसकेपछि त्यसलाई माथि डुङ्गामा तानिएको थियो । डुङ्गामा ल्याएर तौल नापेपछि पुनः समुन्द्रमा छाडिएको थियो ।

एडवर्डका अनुसार माछाको तौल २७० केजी थियो । वेस्ट कर्क चार्टडको फेसबुक पेजमा उक्त माछाको तस्बिर शेयर गरिएको छ । आइरिश मिडियाका अनुसार एडवर्डले समातेको टुना माछा अहिलेसम्म समातिएको सबैभन्दा ठूलोमध्यमा पर्छ । जापानमा टुना निक्कै लोकप्रिय छ ।

यहि वर्षको जनवरीमा एउटा २७७ किलोको ब्लुफिन टुना माछा जापानमा ३० लाख अमेरिकी डलरमा बिक्री भएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu