Connect with us
Kapilvast Forest

विमान उड्नासाथ टायर पड्कियो, डेढ घण्टासम्म आकाशमै फन्को

२०७६, १३ आश्विन सोमबारमा प्रकाशित

ब्रिसबेन, असोज १३ । अस्ट्रेलियाको ब्रिसबेनमा एउटा विमानको आकस्मिक अवतरण गराइएको छ । विमानस्थलबाट उडान भर्नासाथ टायर पड्किएपछि विमानको आकस्मिक अवतरण गराइएको हो ।

अधिकारीहरुका अनुसार क्वान्टस एयरवेजको ‘क्युएफ २५१२’ विमान आइतबार ब्रिसबेनबाट उडान भरेको थियो । उडान भर्नासाथ पछिल्लो भागको बायाँतर्फको एउटा टायर पड्किएको थियो ।

टायर पड्किँदा विमानमा ठूलो आवाज आएपछि यात्रु डराएका थिए । लगत्तै पाइलटले टायर पड्किएको जानकारी दिँदै यात्रुलाई नआत्तिन आग्रह गरेका थिए ।

उनले एयर ट्राफिक कन्ट्रोललाई विमानको अवस्था जानकारी गराउँदै ब्रिसबेन विमानस्थलमै अवतरण गराउन चाहेको बताएका थिए । विमानका ६ मध्ये पाँचवटा टायरका भरमा अवतरण गराउन जोखिम हुने भएपछि करिब डेढ घण्टासम्म विमानस्थलभन्दा केही परको आकाशमा विमानले फन्को मार्दै इन्धन रित्याएको थियो ।

अवतरणका लागिमात्र चाहिने इन्धन बाँकी रहेपछि विमानलाई विमानस्थलमा ओरालिएको थियो । विमान सकुशल अवतरण गरेको बताइएको छ ।उक्त विमानमा ७६ जना सवार थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu