Connect with us
Kapilvast Forest

प्रधानमन्त्री स्वस्थ, भोलि फर्कने

२०७६, १९ भाद्र बिहीबारमा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी ओली पूर्ण रुपमा स्वस्थ हुनुभएको छ । प्रधानमन्त्ती ओली दुई साताको उपचारपर्छि रुपमा स्वस्थ बन्नुभएको हो ।

प्रधानमन्त्री सिंगापुरको नेशनल हस्पिटलमा उपचाररत हुनुहुन्छ । १२ वर्षअघि मृगौला फेर्नुभएका प्रधानमन्त्रीको भदौ ५ देखि ‘प्लाज्मा फेरेसिस’ थालिएको थियो । ‘प्लाज्मा फेरेसिस’ मृगौलालाई सवलीकरण गर्ने कार्य हो । प्रधानमन्त्रीको मृगौलाको ‘प्लाज्मा फेरेसिस’ सकिएको छ ।

उपचारमा संलग्न चिकित्सकले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था ठिक भएको जानकारी गराएका छन् । प्लाज्मा फेरेसिस सकिएपछि प्रधानमन्त्री अब फर्कने तरखरमा हुनुहुन्छ । उहाँ शुक्रबार फर्कनुहुने प्रेस संयोजक चेतन अधिकारीले बताउनुभयो ।

प्रधानमन्त्रीलाई भेट्न सिंगापुर जानुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडेल पनि उहाँसँगै फर्कनु हुनेभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu