Connect with us
Kapilvast Forest

कृषिमन्त्री चक्रपाणी खनाललाई नै डेंगु रोग

२०७६, १९ भाद्र बिहीबारमा प्रकाशित

काठमाडौं । डेंगु रोगका कारण नेपालीहरु पीडित भईरहेका बेला एक जना मन्त्रीलाई नै उक्त रोग लागेको छ । केन्द्रीय सरकारका कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनाललाई डेंगु रोग लागेको हो । रोग लागेपछि उनी अस्पताल भर्ना भएका छन् । निरन्तर रुपमा ज्वरो आउने, टाउको दुख्ने लगायतका लक्षण देखा परेपछि मन्त्री खनाल ग्राण्डी अस्पतालमा उपचारका लागि भर्ना भएका हुन् ।

अस्पतालका अनुसार, मन्त्री खनाललाई डेंगु देखिएको छ । हिजो दिउँसो ३ बजे मन्त्री खनाल अस्पताल पुगेका थिए । त्यसपछि अस्पतालले स्वास्थ्य परिक्षण गर्दा डेंगु का कारण ज्व्रो फेला पारेको थियो । त्यस लगत्तै उनी अस्पताल भर्ना भएको अस्पतालले जनाएको छ । अस्पताल भर्ना भएका उनलाई भोलिसम्म अस्पतालमा रहन चिकित्सकले सल्लाह दिएका छन् ।

मन्त्रीलाई डेंगु ज्वरो भएको मन्त्रीका निजी सचिवालयले पनि पुष्टि गरेको छ । मन्त्री खनाललाई अत्याधिक मात्रामा ज्वरो आएपछि काठमाडौंको टेकुस्थित अस्पतालमा रगत परीक्षण गरिएको थियो । सो परीक्षणबाट उनलाई डेंगु संक्रमण देखिएको थियो ।

मन्त्री खनालको स्वास्थ्य अहिले सामान्य रहेको र भोलिसम्ममा डिस्चार्ज हुने सचिवालयले जनाएको छ । सुनसरीको धरानमा भयावह रुपमा देखिएको डेंगु ज्वरोको प्रकोप नियन्त्रणमा आउन सकेको छैन । अहिले डेंगुको प्रकोप देशैका अधिकांश भूभागमा देखिएका छन् । चितवनमा पनि यो रोगले प्रभावित परिरहेको छ ।

नेपालमा सन् २००४ देखि डेंगु रोगको संक्रमित बढ्दै गएको छ । डेंगु ज्वरो एडिस एजिप्टाइ जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने संक्रमक सरुवा रोग हो । यो रोग सार्ने लामखुट्टे शहर तथा शहरोन्मुख क्षेत्रमा बढी विरामीहरु देखिईरहेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu