Connect with us
Kapilvast Forest

शिक्षामा भावनात्मक सुधारको आवश्यकता

२०७६, २० भाद्र शुक्रबारमा प्रकाशित

रुपन्देहि, रुपन्देहीको कोटहीमाई गाउपालिकामा सम्पन्न एक अन्तरकृया कार्यक्रमका सहभागीले शिक्षामा भावनात्मक सुधारको आवश्यकता औल्याएका छन । सिमान्तकृत समुदाय केन्द्रित शिक्षा निती निर्माण तथा गुणस्तरिय शिक्षाको लागि सरोकारवालाको भूमिका बिषयक अन्तरकृया कार्यक्रमका सहभागीहरुले सो आवस्यकता औल्याएका हुन ।
संघियता पछि प्रयाप्त निती तथा ऐन कानुनको अभावमा शिक्षा क्षेत्रमा देखिएका बिचलन तथा बाझाबाझाको स्थितीलाई निस्तेज पार्न वास्तविक समस्या पहिचान गरि साझा सहमति मार्फत समाधानका उपाय खोज्न उपस्थित सबैको साझा धारणा थियो ।
मधेश मानव अधिकार गृह (माहुरी होम)को आयोजनामा सम्पन्न कार्यक्रममा सरकारको शिक्षा निती र ऐनबारे पनि चर्चा गरिएको थियो । गाउपालिकाले शिक्षा निती र ऐन बनाइनसकेको अवस्थामा छलफलबाट सहमतिको दस्तावेज तयार गरेर अघि बढ्नुको बिकल्प नरहेको सहभागी बक्ताहरुको जोड थियो ।
अभिभावक शिक्षाको समेत आवश्यकता महशूष गर्दै नागरिक अगुवा महेश्वर मुरावले सामुदायिक भन्दा संस्थागत बिद्यालयमा बिद्यार्थी संख्या बढ्दै गइरहेकोमा चिन्ता ब्यक्त गरे । उनले भने, गुणस्तरिय शिक्षाको अभावकै कारण सामुदायिक विद्यालय धरासायी बन्दै गएका हुन । निगरानी समिति बनाऔं उत्कृष्टलाई पुरस्कृत तथा खराबलाई दण्डित गर्ने अभियान चलाऔं, उनले आग्रह गरे ।
बिद्यार्थीको अनुपातमा शिक्षक संख्या कम रहेका कारण एउटा कोठामा एक सय बढी बिद्यार्थी पढाउनु परेको ब्यथा पोख्दै मर्यादपुर मा.बि.का प्र.अ.घनश्याम पाडेले शैक्षिक सुधारका लागि शिक्षक ब्यवस्थापन, भौतिक शुधार तथा प्रभावकारी अनुगमन हुनु पर्ने आवश्यकता रहेको बताए ।
कोटहीमाई ५ का वडाध्यक्ष हनुमान यादवले, ऐन कानुन तथा नितीको अभावमा स्थानीय सरकारले समुदायस्तरमा यस्ता बहस चलाएर सहमतिको दस्तावेज मार्फत निती बनाएर शैक्षिक सुधार गर्न सकिने बताए । शिक्षक, बिद्यार्थी, अभिभावक तथा स्थानीय सरकार बिच भावनात्मक सम्बन्ध कयम गरे मात्र शैक्षिक सुधारको वातावरण निर्माण गर्न सकिने उनको सुझाव थियो ।
त्यसैगरि अर्का वडाध्यक्ष चन्द्रभान यादवले आफ्ना बच्चाको शैक्षिक भविष्यबारे अहिलेबाटै सोच्न तथा भौतिक बिकस भन्दा शैक्षिक बिकासका लागि अभियान थाल्न सबैलाई आह्वान गरे । उनले भने, शिक्षा क्षेत्रमा सुधारका लागि सबैको साझा धारण तथा भावनात्मक एकता जरुरी छ ।
संघ वा प्रदेसबाट परिपूर्तिको गति कमजोर रहेको बताउदै समयमा शिक्षक नपाउनु शिक्षा क्षेत्रका लागि ठूलो चुनौती रहेको स्रोत ब्यक्ति बिपिन दूबेले बताए । उनले भने, तीन गाउपालिका रहेको मर्चवार क्षेत्रको कुनै पनि गाउपालिकामा शिक्षा प्रमुख (बिद्यालय निरिक्षक) छैनन । गाउपालिकाको शिक्षा शाखा संचालनका लागि एक मात्र कर्मचारी श्रोत ब्यक्ति रहनु दुःखद रहेको तथा प्रयाप्त भौतिक पूर्बाधारको अभावमा शिक्षा शाखा झोलामा मात्र सिमित रहेको उनले बताए ।
जिल्ला समन्वय समिति रुपन्देहकिा सदस्य सरोजा बढईले सबै स्तरबाट अआफ्नो कमीकमजोरीलाई सुधार गर्दै शिक्षामा लगानी बढाउनु पर्ने बताइन । उनले भनिन, बाटो नबन्दा हामी केही वर्ष पछि परेका हुनसक्छौ तर कक्षा १ मा अध्ययनरत हाम्रो बच्चाले १ वर्ष गुणस्तरिय शिक्षा पाएन भने उसको भविष्य बिग्रने प्रति चिन्तन शुरु गरौ ।
कार्यक्रममा अध्यक्षता गरिरहेका गाउपालिका अध्यक्ष चन्द्रभूषण यादवले पछिल्लो दुई वर्षको अवधिमा बिभिन्न बाधा­अवरोधका बिच पनि शिक्षा क्षेत्रमा शुधारका लागि निकै अग्रसरता देखाएको अनुभव सुनाउदै श्रोत शाधन सरकारले दिएको छ, सोंचमा परिवर्तन गर्नु पर्ने आवस्यकता रहेको बताए । उनले भने सुझाव सल्लाह दिनोस, अवस्यकता महशूष गर्दै पूरा गर्न म प्रतिबद्ध छु । आयोजक संस्था मधेश मानव अधिकार गृहलाई धन्यवाद दिदै उनले अगामी दिनमा यस्तै किसिमले सुझाव सल्लाह र सहमतिको बाताबरण बनाईदिएर शिक्षा क्षेत्रमा सुधारका लगि सहयोग गर्न सबैलाई अपील गरे ।
नागरिक समाजका अगुवा प्रकास उपाध्यायको सहजीकरण तथा माहुरी होमद्वारा संचालित सुन्दर शान्त नेपाल परियोजनका संयोजक बसन्त बन्जाडेको संचालनमा सम्पन्न कार्यक्रममा माहुरी होमका कार्यकारी निर्देशक लक्ष्मी श्रेष्ठ, गा.पा. उपाध्यक्ष भानमति बनिया, नेपाल पत्रकार महासंघ ५ नं. प्रदेस कार्य समिति सदस्य एवम माहुरी होमका अभियानकर्ता राम बिकास चौधरी बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष शिवदास यादव, शिक्षक, बिद्यार्थी, जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी लगायतले शिक्षा क्षेत्रमा सुधारका लागि अआफ्नो राय प्रस्तुत गरेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu