Connect with us
Kapilvast Forest

८ रुपैयाँको औषधि ३५ रुपैयाँमा बेचेको भेटियो

२०७६, २१ भाद्र शनिबारमा प्रकाशित

राहुलबहादुर सार्की बागलुङ ।

बागलुङ बजारमा सञ्चालन हुँदै आएका केही औषधि पसलले तोकेको मूल्य भन्दा तीन गुणा बढी मूल्यमा औषधि बिक्री गर्ने गरेको तथ्य भेटिएको छ । बागलुङ नगर अनुगमन समितिले बिहीबार र शुक्रबार गरेको अनगुमनले ८ रुपैयाँ मूल्य पर्ने औषधि ३५ रुपैयाँसम्ममा बिक्रि गर्ने गरेको भेटिएको हो ।

सरकारी निकायबाट निगरानी र निरीक्षण नहुँदा बागलुङका औषधि व्यवसायीले सर्वसाधारणलाई ठग्दै आएका छन् । अनुगमनका क्रममा तोकिएको मूल्यभन्दा २० देखी ३० प्रतिशत बढी मूल्यमा औषधि बेच्ने गरेको विलसमेत भेटिएको छ ।

इन्डियन औषधिको मूल्य नेपालीमा रुपान्तरण गर्दा पनि तोकिएको मूल्यभन्दा बढी मूल्यमा बिक्रि गरेका छन् । औषधि व्यवसायीले तोकेको मूल्य वेगर औषधिको मूल्य आफू खुशी निर्धारण र बिक्रि गरेको पाइएको अनुगमन टोलीका सदस्य गण्डकी अस्पाताल पोखराको फार्मे्सिस्ट सविन लामिछानेले बताउनुभयो । औषधि पसलेहरुले भने तोकेको मूल्यमा नै औषधिको बिक्रिवितरण गर्दै आएको दाबी गर्छन ।

दुई दिन लगाएर बागलुङ बजारका २ दर्जनभन्दा बढी औषधि पसल अनुगन गरिएको थियो । बागलुङ बजारमा सञ्चालन भएका केही औषधि पसलहरु कानुन विपरित सञ्चालन गरेको पाइएको छ । अनुगमनका क्रममा सरकारी जागीरमा रहेका स्वास्थ्यकर्मीले दक्ष जनशक्तिको व्यवस्था नगरी पसल सञ्चालन गरेको भेटिएको छ । औषधि पसलसँगै सञ्चालन गरिएका क्लिनिक इजाजत बिना सञ्चालन गरेको पाइएको हो ।
केही औषधि पसलले इजाजत पत्र र दक्षजनशक्ति बिना नै पसल सञ्चालन गरेको पाइएकाले तत्काल सुधार गर्न निर्देशन दिएको अनुगन समितिका संयोजक युक्तप्रसाद सुवेदीले बताउनुभयो । कानुन विपरित सञ्चालन भएको पाइएपछि दीपेन्द्र मेडिकल हल बन्द गर्न निर्देशन दिएको छ ।

कानुन विपरित संचालनमा रहेका क्लिनिक तथा औषधि पसलहरु कानुन अनुसार सञ्चालन गर्नुपर्ने नभए कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइने बागलुङ नगरपालिकाका कार्यकारी अधिकृत भीमबहादुर कुँवरले बताउनुभयो ।

अनुगमनका क्रममा भेटिएका कमीकमजोरी सुधार गर्न तोकिएको म्यादमा पनि सुधार गर्न अटेर गर्ने पसललाई बन्द गरेर कानुन बमोजिम कारबाही गर्ने बागलुङ नगरपालिका उपभोक्ता हित संरक्षण समितिका संयोजक एवम् नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्काले बताउनुभयो ।

आवश्यक कानुन निर्माणमा ढिलाई हुँदा आफूहरुको व्यवसाय प्रभावित भएको औषधि व्यवसायीले बताएका छन् तर, बागलुङ नगरपालिकाले प्रक्रिया पुराएर क्लिनिक संचालन गर्न चाहनेलाई दर्ता खुल्ला रहेको जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu