Connect with us
Kapilvast Forest

भक्तपुरमा डेंगीको उच्च जोखिम

२०७६, २५ भाद्र बुधबारमा प्रकाशित

भक्तपुर, भदौ २५ । देशभरि फैलिएको डेंगी रोग भक्तपुरमा महामारीकारुपमा फैलिँदै गएको छ ।

एक साताको अवधिमा जिल्लामा ९९ जना बिरामीमा डेंगी रोग भएको पुष्टि भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत पार्थमणि न्यौपानेले भक्तपुर जिल्लामा बुधबार बिहानसम्ममा ९९ जना बिरामीमा डेंगी रोग रहेको पुष्टि भएको जानकारी दिए ।

यो रोगको संक्रमण बढ्दै गएको बताउँदै उनले अहिले प्रत्येक टोल, गल्ली र विद्यालयहरु डेंगी रोगको जोखिममा रहेको बताए ।

उनले टोल, नगर, विद्यालयलगायतका हरेक क्षेत्रमा यस रोगबारे जनचेतनामूलक कार्यक्रमहरु भइरहेको जानकारी दिइ सबै क्षेत्रमा खाल्डाखुल्डी पुर्ने, पानी जम्न नदिने र फोहरहरु नराख्ने कार्य गर्नुपर्ने बताए ।

यता, भक्तपुर नगरपालिका क्षेत्रमामात्रै ४० जना डेंगी रोगका बिरामी फेलापरिसकेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

उनले भक्तपुर नगरपालिका क्षेत्रभित्रका ३७ र यहाँ आएका अन्य क्षेत्रका तीनजना गरी ४० जनामा डेंगी रोग भएको बताए ।

उनले भक्तपुर नगरपालिकाले डेंगी रोग नियन्त्रणसम्बन्धी वडा र विद्यालयमा अभिमुखीकरण कार्यक्रम, खाल्डाखुल्डी पुर्ने र चुन तथा फिनेल छर्ने, घरदैलो नर्सिङ सेवामार्फत् डेंगी रोगबारे सचेतना कार्यक्रम सन्चालन गर्दै आएको बताए ।

सूर्यविनायक, चाँगुनारायण नगरपालिकाले पनि यो रोगबारे जनचेतना फैलाउँदै आएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu