Connect with us
Kapilvast Forest

छोरीलाई जिस्क्याउँदा बुबाले हप्काए, बदलामा मुस्कानमाथि एसिड

२०७६, २८ भाद्र शनिबारमा प्रकाशित

पर्सा । वीरगंज महानगरपालिका वडा नम्बर ६ गणेशमान चोक, छपकैयाकी मुस्कान खातुन भर्खर १५ वर्षमा पाइला टेक्दैछिन् । नाम जस्तै थियो उनकाे अनुहार पनि । तर धपक्क उज्यालो देखिने त्यही अनुहार, अाफ्नै लागि अभिसाप बन्न पुगेको छ ।

रेशमकोठीस्थित त्रिभुवन उच्च माविमा ९ कक्षामा अध्ययनरत थिइन मुस्कान । मुहार जस्तै पढाइमा पनि तेज । मुस्लिम परिवारकी अनुशासित चेली, र उस्तै जेहनदार विद्यार्थी पनि। उनी सधैं सबेरै उठ्थिन र नित्यक्रम र सरसफाइपछि स्कुल जान्थिन् । गएको शुक्रबार पनि यस्तै थियो उनको दैनिकी । उनी ६ बजे स्कुलतिर लम्किरहेकी थिइन । तर त्यसदिन उनको जीवनकै धब्बा बन्यो । बाटोमा हिंडिरहेकै बेला उनीमाथि एसिड प्रहार भयो । उनलाई गाउँकै समसाद आलमले एसिड प्रहार गरेका हुन् ।

समसादले मुस्कानलाई मन पराउँथे । तर मुस्कानले समसादलाई वास्ता गर्थिनन् । उनलाई आफ्नो पढाईप्रति मात्र चासो थियो । पढेर उच्च पदमा पुग्ने सुन्दर भविष्यको कल्पनामा थिइन् उनी । त्यहीकारण समसाद मुस्कानको रोजाइमा परेनन् । उता समसादलाई भने मुस्कानले नपत्याएकोमा जलन थियो । मुस्कानलाई प्रेमिका बनाउन नपाउँदा उनीभित्रभित्रै जलिरहेका थिए ।

गाउँ ठाउँ एउटै भएको हुनाले समसाद र मुस्कानबीच कहिले काँही ठाकठुक समेत पर्थ्याे । समसादले मुस्कानलाई रुपमा घमण्ड नगर्न चेतावनी समेत थिन्थे । एसिड प्रहारपछि कीर्तिपुरस्थित ‘क्लेफट एण्ड बर्न सेन्टरको आइसियू’ मा उपचाररत मुस्कानले भनिन्– ‘समसादले आफूलाई अनुहारमा घमण्ड नगर्न पहिलेदेखि धम्की दिने गरेको थियो । तँ आफ्नो चेहरामा घमण्ड गर्छस् भने चेहरा खतम गरिदिन्छु भन्थ्यो ।’

मुस्कान भनेपछि गाउँका अन्य युवाले पनि मरिहत्ते गर्थे । मुस्कानलाई ६ महिना गाउँकै अर्को युवा माजिद आलमले जिस्क्याएका थिए । मुस्कानले त्यसबारे बाबु रसुल अन्सारीलाई जानकारी गराइन् । । बुबाले छोरीमाथिको दुर्व्यवहार रोक्न माजिदलाई हप्काए ।

६ महिनाअघि भएको घटनाको बदला स्वरुप उनीमाथि एसिड प्रहार भएको हो । एसिड प्रहार गर्ने समसाद आलम माजिद का साथी हुन । शुक्रबार बिहान घटना हुँदा गणेशमान चौकको गल्लीमा माजिद लुकेर बसेका थिए । एसिड प्रहार गर्ने बेला माविदको हातमा ढुंगा पनि थियो ।
‘पहिले टाउकोमा हानेर बेहोस गर्ने र त्यसपछि अनुहारभरी एसिड हाल्ने योजना रहेछ’ मुस्कानले भनिन– ‘तर मान्छेको भीड भएको हुनाले उसले त्यसो गर्न सकेन ।’

एसिड प्रहार गर्नुअघि मुस्कानलाई आफूतर्फ हेर्न आग्रह गरेको तर मुस्कानले नमानेपछि एसिड प्रहार गरिएको थियो । अनुहारतर्फ फ्याँकेको एसिड हातले रोक्दा मुस्कानको दायाँ हातको भाग जलेको छ । उनको छाती पनि जलेको छ ।

एसिड प्रहार गर्ने सससाद मियाँ र माजिद आलमलाई प्रहरीले पक्राउ गरेको छ । मुस्कानले आफूमाथि एसिड प्रहार गर्नेलाई फाँसी दिन माग गरेकी छन् । ‘उनीहरुलाई घण्टाघरमा भुण्ड्याएर मारियोस्, मलाई जस्तो अरुलाई नहोस ।’ उनले भनिन् । मुस्कानकी आमा सहनाज खातुन अन्सारीलेसमेत दोषीलाई कडा कारबाही गरेकी छन् ।

प्रहरीले सससाद र माजिदविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाएको छ । उनीलाई तेजाव पदार्थ प्रयोग गरेर ज्यान मार्ने उधोग र अनुहार कुरुप बनाउने अर्को गरी दुई मुद्दा चलाइएको छ । उनीहरुलाई १८ वर्षसम्म कैद हुनसक्ने प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu