Connect with us
Kapilvast Forest

जुनियर भोकल स्टारको प्रि–अडिसन फाराम खुला

२०७६, २ आश्विन बिहीबारमा प्रकाशित

काठमाडौं । अभियान मल्टिमिडियाले सञ्चालन गर्न लागेको जुनियर भोकल स्टारको प्रि–अडिसन फाराम खुल्ला गरिएको छ ।

रियालिटी शोको बारेमा जानकारी गराउन शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा १५ वर्ष सम्मका बालबालिकाले सहभागी हुनसक्ने जानकारी दिएको छ ।

रियालिटी शोमा भाग लिन चाहनेहरुले आफूलाई पायक पर्ने स्थान र प्रक्रियाबाट आफ्नो नाम दर्ता गर्न सक्नेपनि आयोजकले जनाएको छ । आपूmभित्र रहेको प्रतिभालाई संसारसामु प्रस्तुत गराने उद्देश्यसहित आयोजना हुन गइरहेको शोमा विविध कारणले आफ्नो कला देखाउन नसकेकालाई समेट्ने प्रयास गर्ने आयोजक संस्था अभियान मल्टिमिडियाका अध्यक्ष मिन अधिकारीले जानकारी दिए ।

पत्रकार सम्मेलनमा संगीतकार बसन्त सापकोटाले आफूभित्र रहेको प्रतिभालाई प्रष्पूmटन गर्न शोले विशेष भूमिका खेल्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । नेपालमा अहिले धेरै रियालिटी शोहरुको विकास भएपनि बालबालिका लक्षित कार्यक्रमहरु उत्पादन हुन नसकेको सापकोटाले बताए ।

त्यस्तै गायक धीरज राईले बालबालिकालाई काचो माटोको रुपमा लिदै उनीहरुलाई आपूmले चाहेको बस्तुमा ढाल्न शो कोशेढुङगा सावित हुने विश्वास व्यक्त गरे । अहिले देश तथा विदेशमा विभिन्न रियालिटी शोहरु सञ्चालनमा रहेको जनाउदै उनले नेपालबाट पनि त्यस्ता प्रतिभालाई विश्व बजारसम्म चिनाउने प्रयास हुने विश्वास दिलाए ।

सहभागीले दर्ता पछिको छनोट प्रक्रियामा अडिसन, मेघा अडिसन, टप २०, टप १०, सेमी फाइनल हुदै ग्रान्ड फिनाले सम्म पुगेर नेपालको पहिलो जुनियर भोकल स्टारको उपाधि जित्न सक्ने आयोजकको भनाइ छ ।

प्रथम हुनेलाई २० लाख र ट्रफी, फस्ट रनर–अपलाई १० लाख र सेकन्ड रनर–अपलाई ५ लाख रुपैयाँ पुरस्कारको व्यवस्था रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu