Connect with us
Kapilvast Forest

आहा जनकपुरधाम !

२०७६, ४ आश्विन शनिबारमा प्रकाशित

janakpur

जनकपुरधाम । भगवान रामचन्द्रको ससुराली घर । अर्थात् सीताको जन्मस्थलो जनकपुरधाम नेपालको गौरवमय इतिहास बोकेको सांस्कृतिक सम्पदायुक्त शहर हो । नेपाल सरकारले भ्रमण वर्ष २०२० को घोषणा गरेको सन्दर्भमा स्वदेशी र विदेशी पर्यटकका लागि समेत जनकपुरधाम एउटा महत्वपूर्ण गन्तव्य हो । जानकी मन्दिर हिन्दूहरुको पवित्रस्थल हो । मध्यकालीन मुगल शैलीमा बनेको यो मन्दिरको दर्शन गर्न दैनिक हजारौं तीर्थालुहरु आउने गरेका छन् ।

अहिले प्रदेश सरकारले आकर्षक सिंहमरमर बिच्छ्याएर मन्दिरको सौन्दर्यकरण तीव्र रूपमा गरिरहेको छ । जनकपुरधाम ऐतिहासिक, धार्मिक, पुरातात्विक शहर हो । यहाँ जानकी मन्दिरका साथै राम मन्दिर, जनक मन्दिर, शिव मन्दिर लगायत विभिन्न मन्दिरहरु छन् । जसरी काठमाडौं उपत्यकालाई मन्दिर र मूर्तिहरुको शहर भनिन्छ, जनकपुरधाम पनि काठमाडौं भन्दा कम छैन ।
जनकपुरधामको अर्को आकर्षण भनेको यहाँका पोखरीहरु हुन् । विगतमा स्याहार–सम्भार नपुगेको भनेर गुनासो आउने गरेका पोखरीहरु अचेल आकर्षक र मनमोहक बनाइएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu