Connect with us
Kapilvast Forest

म्यान्चेस्टर सिटी र आर्सनल काराबाओ कपको पाँचौ चरणमा प्रवेश

२०७६, ८ आश्विन बुधबारमा प्रकाशित

काठमाडौं । शीर्ष क्लबहरु म्यान्चेस्टर सिटी र आर्सनल काराबाओ कप फुटबलको पाँचौ चरणमा प्रवेश गरेका छन् ।

गएराति भएको चौथो चरणको खेलमा म्यान्चेस्टर सिटीले प्रेस्टन नर्थ एण्डलाई उसैको मैदानमा ३–० ले हराउँदा आर्सनलले नटिङ्घम फरेष्टमाथि ५–० को जित निकाल्यो ।उपाधि दावेदार टोटनह्याम हट्सपर भने चौथो चरणबाटै बाहिरिएको छ । टोटनहमलाई चौथो डिभिजनको कोल्चेस्टर युनाइटेडले टाइब्रेकरमा हराएको हो ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा कोल्चेस्टर ४–३ ले विजयी भयो ।लिग कप फुटबलकै अन्य खेलहरुमा लेष्टर सिटीले लुटन टाउनलाई ४–० ले हराउँदा साउथह्याम्पटनले पोर्ट्समाउथमाथि समान ४–० कै जित निकाल्यो ।

एभर्टनले शेफिल्ड वेनस्डेलाई २–० ले हराउँदा वाट्फोर्डले स्वान्सी सिटीमाथि २–१ को जित निकाल्यो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu