Connect with us
Kapilvast Forest

औषधि पसलको अनुगमनमा कडाइ

२०७६, ९ आश्विन बिहीबारमा प्रकाशित

सरकारले औषधि पसलको अनुगमनमा कडाइ गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले चिकित्सकको प्रेसक्रिप्सनविना नै औषधि बिक्री वितरणको काम भइरहेको उल्लेख गर्दै औषधि पसलको अनुगमनको काममा कडाइ गर्न लागिएको बताउनु भएको हो ।

‘वल्ड फर्मासिष्ट डे’ को अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले औषधि पसलको अनुगमन तथा त्यसका सामग्रीहरुको व्यवस्थापनका लागि सरकारले छुट्टै महाशाखा स्थापना गर्ने तयारी गरिरहेको बताउनुभयो । औषधि पसलहरुको अनुगमनको काम संघीय सरकार आफैंले गर्ने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै जिम्मेवारीबाट पन्छिन् नमिल्ने पनि राज्यमन्त्री यादवको भनाइ थियो ।

राज्यमन्त्री यादवले औषधि पसलहरुको अनुगमनमा उद्योग मन्त्रालय र अर्थ मन्त्रालयबाट आवश्यक सहयोग पाउन नसकेको गुनासो पनि गर्नु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu