Connect with us
Kapilvast Forest

दशैंका लागि आयो मिठो ‘सोल्मारी’ (भिडियो)

२०७६, ९ आश्विन बिहीबारमा प्रकाशित

काठमाडौं । दशैँ नजिकिंदै गर्दा गायक शेखर लामाको सोल्मारी गीतको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ ।

सोल्मारी र मैच्याङ्गसँगको सम्बन्धले ल्याएको गुरुङ युवा र तामाङ्ग युवतीको प्रेमकथामा आधारित यस म्युजिक भिडियोलाई नबिनबाबु गुरुङले निर्देशन र छायाँकन गरेका हुन् ।

जनक थोकरले लेखेको सोल्मारीलाई धन दोङ्ग तामाङ्गले संगीत गरेका हुन् भने बालकृष्ण स्वेचार्यको संगीत संयोजन रहेको छ ।सोल्मरीको मिठो स्वाद अनि मैच्याङ्गको उत्तिकै मिठो माया पिरतीको कथामा आधारित यो म्युजिक भिडियो अत्यन्तै उत्कृष्ठ बनेकोमा आफु एकदमै खुशी रहेको गायक शेखरलामाले बताएका छन् ।

आनन्द गुरुङ र हिस्सी साम्तेन लामाको अभिनय रहेको यस म्युजिक भिडियोलाई गायक लामाको आफ्नै सप्तक सङ्गीत नामक युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ ।गीतको ताल सुरमा आनन्द र हिस्सीलाई नचाउने काम भने नृत्य निर्देशक जस्मिन मगरले गरेकी छिन् । यसैगरी म्युजिक भिडियोलाई बिकास धमलाले सम्पादन गरेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu