Connect with us
Kapilvast Forest

कुटपिटमा १२ घाइने, ५ काे अवस्था गम्भीर

२०७६, २२ आश्विन बुधबारमा प्रकाशित

सप्तरी । शम्भुनाथ नगरपालिका–१ खोक्सर प्रवाहामा मङ्गलवार राति दुई पक्षबीच कुटाकुट हुँदा १२ जना घाइते भएका छन् ।

दुर्गा पूजाको कार्यक्रम चलिरहेको बेला युवाहरूमा कुटपिट भएकाे हाे ।

घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको स्थानीय राजू जैसवालले जानकारी दिनुभयो । उहाँका अनुसार कुटपिटमा परि गम्भीर घाइते भएका खेम बहादुर कार्की, प्रमोद कोइराला, राम यादव, मोहम्मद सलिम र कौशल यादवको रायपुर स्थित युनिक अस्पतालमा आइसीयूमा राखि उपचार भइरहेको छ । अन्य धिरेन्द्र चौधरी, अशोक यादव, रमेश यादव, सरोज कार्की, देव सुन्दर यादवको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu