Connect with us
Gautam Buddha community forest

राजनीति

सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्नुपर्छ : गच्छदार

विराटनगर, असोज १७ । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्नुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा बिहीबार बिहान पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकारको हरेक गतिविधि र निर्णयहरु राष्ट्र र जनताका हितमा हुनुपर्नेमा जोड दिए ।उपसभापति गच्छदारले सरकारले प्राप्त गरेको यो ऐतिहासिक अवसरलाई गुम्न नदिन साझेदारी मनस्थितिबाट सरकार सन्चालन गर्नुपर्ने सुझाव दिँदै प्रेस लोकतन्त्रको गहना भएकाले यसको संकुचन गर्न नहुने तर्क गरे ।

उनले जनताले संविधानबाट पाएको अधिकार उपयोग गर्न सरकार बाधक बन्न नहुने धारणा राख्दै सरकारले जनतासँग गरेको वाचालाई पूरा गर्न ध्यानकेन्द्रित गर्नुपर्नेमा जोड दिए ।उपसभापति गच्छदारले नेपाली कांग्रेसका नेतामाथि भर्खरै भएको निन्दनीय घटनाप्रति दुःख व्यक्त गर्दै आफूले विगतमा नेतृत्व गरेको पार्टी एकीकरण हुँदा भएको सम्झौताअनुसार पाएको केन्द्रीय समितिमा जाने सदस्यहरुका नाम छिट्टै सार्वजनिक गर्ने जानकारी दिए ।

Advertisement Shivaraj
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

समाचार6 hours ago

कपिलवस्तु शिवराजमा खानेपानी उपभोक्ता समिति गठन

नवराज पौडेल, कपिलवस्तु कार्तिक ०५, कपिलवस्तुको शिवराज नगरपालिका ३ मा खानेपानी उपभोक्ता समिति गठन गरिएको छ । शिवराज नगरपालिका ३...

समाचार14 hours ago

थप २५ विद्युतीय बस खरीद गर्दै सुन्दर यातायात

काठमाडौं। चार बसबाट नेपालमा पहिलो पटक विद्युतीय बस सञ्चालन गरेको सुन्दर यातायातले यही वर्षभित्रै थप २५ बस थप गर्ने भएको...

समाचार14 hours ago

यसवर्षको तिहारमा पनि रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वर मन्दिर नखुल्ने

काठमाडौं : भाइटीकाको दिनमा मात्रै खुल्ने रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिर यस वर्ष पनि नखुल्ने भएको छ। विसं २०७२ वैशाख १२...

समाचार14 hours ago

जुम्लामा मार्सी धान भित्र्याउन भ्याइनभ्याई

जुम्ला । जुम्लाका किसानलाई यतिबेला कालीमार्सी धान भित्र्याउन भ्याइनभ्याई भएको छ । जुम्लाका किसान दशैँ सकिएलगत्तै धमाधम धान काट्न थालेका...