अफ्नै श्रीमान मार्ने श्रीमती पक्राउ
सप्तरी । आफनै बुवाको कुटपिट गरि हत्या गरेर फरार रहेका छोरा र मृतकका श्रीमतीलाई बुधबार सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका–१ पकरी निवासी २३ वर्षीय नहिम पमरिया र उनको ५० वर्षीया आमा जमुनी खातुन रहेको प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताउनुभयो ।
पारिवारिक विवादका कारण दुई दिन अघि आइतबार राती मदिराको सुरमा नहिम पमरियाले बुवालाई कुटपिट गर्दा ६२ वर्षीय मो. गफुर पमरियाको मृत्यु थियो । मृत्यु भएपछि मृतकका कान्छा छोरा नहिम र श्रीमती जमुनी खातुन फरार भएका थिए ।
पक्राउ परेका आमाछोरा हत्यामा संलग्नता रहेको गाउँलेले आंशका गरेपछि अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक भारतीले जानकारी दिनुभयो ।
दिनहुँ मदिरा सेवन गरेर घर आउने नइमले बुवासँग झगडा गरि कुटपिट गर्दा उनको मृत्यु भएको स्थानीयबासीको भनाइ छ। पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय,सप्तरीले जनाएको छ ।