Connect with us
Kapilvast Forest

के तपाईंको पनि कम पानी पिउने बानी छ ?

२०७६, २९ आश्विन बुधबारमा प्रकाशित

शरीरमा एक प्रतिशतमात्र पनि पानी कम भयो भने ज्यान जोखिममा पर्न सक्छ । कसरी ? आउनुस् जानकारी लिउँः

वैज्ञानिक अनुसन्धानहरुका अनुसार एउटा व्यक्ति खानाबिना एक हप्तासम्म जीवित रहन सक्छ, तर पानीबिना ५ दिनभन्दा बढी जीविन रहन सक्दैन । मानिसको शरीरमा एक प्रतिशत मात्रै पानीको कमी भयो भने उसलाई प्यास लाग्न थाल्छ । ५ प्रतिशतसम्म कमी भयो भने शरीरका नसाहरु तथा त्यसको स्टामिना घट्न थाल्छ । त्यस्तो भएको बेला शरीर निकै थाकेको तथा निकै सुख्खा भएको महसुस हुन्छ ।

यदि शरीमा पानीको स्तर १० प्रतिशत कम भयो भने व्यक्तिले धमिलो देख्न थाल्छ । ऊ बेहोसीको हालतसम्मै पुग्न सक्छ । यदि शरीरमा पानी २० प्रतिशतसम्म कम भयो भने यो उक्त व्यक्तिको निधनको कारण समेत बन्न पुग्दछ । यही कारणले गर्दा हरेक व्यक्तिले सधैं आफ्नो शरीरमा पानीको पूर्ती गरिरहनु पर्दछ ।

आउनुहोस्, शरीरका लागि पानी कतिसम्म अनिवार्य कामका लागि महत्वपूर्ण छ भन्ने कुरा जानौं :

पानी एक वाहक

हाम्रो शरीरको दुई तिहाइ भाग पानी अथवा तरल पदार्थले बनेको हुन्छ । रगत, जसलाई हामी मानव शरीरको जीवनरेखा भन्छौं, त्यसमा पनि ७५ प्रतिशत पानी नै हुन्छ । रगतले शरीरका हरेक अंगसम्म भिटामिन, मिनरल्स, अन्य अनिवार्य पोषक तत्वहरु जस्तै हेमोग्लोबिन, अक्सिजन आदि पुर्‍याउने काम गर्छ । पिसाव पनि हाम्रो शरीरको एउटा महत्वपूर्ण तरल पदार्थ हो, जसले शरीरका खराब टक्सिसहरुलाई बाहिर निकाल्ने काम गर्छ । यदि हाम्रो शरीरमा पानीको मात्रा कम भयो भने शरीरमा बन्ने विषाक्त पदार्थ बाहिर आउन पाउँदैन र त्यसले धेरै प्रकारका समस्याहरु जस्तै छालाको सुख्खापन, कब्जियत, टाउको दुख्ने आदि हुन सक्छ ।

इलेक्ट्रोलाइट सन्तुलन

इलेक्ट्रोलाइट्स, सोडियम अथवा पोटासियम मिनरलहरु हुन् । शरीरलाई डिहाइडे्रसन (पानीको कमी)बाट बचाउनका लागि यीनको शरीरमा सन्तुलन भैरहनु निकै अनिवार्य छ । जस्तो रगतमा पीएचको स्तर बनाइराख्नु, नसाहरुको काम तथा मस्तिष्क तथा शरीरका अन्य अंगहरुका बीचमा सन्तुलन बनाउनु । साधारणतया शरीरबाट धेरै पसिना निस्कनु भनेको शरीरमा इलेक्ट्रोलाइटको स्तरमा कमी आउनु हो, जसका कारणले थकान, रिंगटा लाग्ने समस्याहरु देखा पर्न सक्छ ।

संवेदनशील अंगहरुको रक्षा

हाम्रो शरीरका निकै नै संवेदनशील अंगहरु जस्तै आँखा, प्राचन प्रणाली, मुख आदिलाई पनि पर्याप्त पानी आवश्यक पर्दछ । पानीको कमीले सबैभन्दा बढी प्रभाव हाम्रो पाचन प्रकृयामै पर्दछ । खाना पचाउनका लागि मुखमा बन्ने र्‍यालको ठूलो भूमिका हुन्छ । जबकी सुक्खा मुखमा चपाउन तथा खानालाई भित्रसम्म पुर्‍याउनै समस्या हुन्छ, जसले अपचको समस्या उत्पन्न हुन सक्छ । हाम्रो आँखालाई पनि पानीको आवश्यकता पर्दछ, ताकि आँखामा जम्मा भएका फोहरहरुलाई सफा गर्न सकियोस् ।

हड्डीहरुलाई राख्छ मजबुत

शरीरका हड्डीहरुलाई मजबुत बनाइराख्नका लागि हामीलाई भिटामिन डी तथा क्याल्सियमको साथ-साथै पानीको पनि निकै आवश्यकता पर्दछ । शरीरका सम्पूर्ण जोर्नीहरु जस्तै गोलीगाँठो, कुर्कुच्चा आदिमा नरमपना कायम राख्नका लागि पनि पानी आवश्यक पर्दछ । पानी कम भयो भने प्रौढावस्थामा पनि हड्डीहरुसँग सम्बन्धित समस्याहरु जस्तै आथ्राइटिस, झुकाव, चोट आदि हुनसक्छ ।

शरीरको तापमान कायम राख्न

पानीले हाम्रो शरीरमा प्राकृतिक रुपमा तापमानलाई सामाय बनाइराख्ने काम गर्दछ । एउटा सामान्य शरीरको तापमान ३५ डिग्री सेल्सियस अथवा ९८ दशमलव ६ डिग्री फरेनहाइट हुन्छ । त्यसैले जब हामी घाममा उच्च तापक्रममा जान्छौं, हाम्रो शरीरबाट धेरै नै पसिना निस्कन्छ, जसले शरीरको तापमान घट्छ ।

बालबालिकादेखि वृद्ध-वृद्धासम्मले हरेक दिन प्रसस्त मात्रामा पानी पिउनु पर्छ, ताकि उनीहरुले राम्रो जिन्दगी जिउन सकुन् । प्रत्येक वयष्क व्यक्तिले एक दिनमा कम्तिमा दुई लिटर तरल पदार्थ पिउनु पर्छ । यसका साथै पानीको शुद्धतालाई लिएर पनि सतर्कता अपनाउनु पर्छ । धाराको पानी अथवा ट्यांकरको पानी सधैं उमालेर मात्र पिउनु पर्छ । फिल्टर गरिएको पानीको प्रयोग गर्नु पर्छ ।

जब तपाईं घरबाट बाहिर निस्कनु हुन्छ, पानी बोक्न बिर्सनु हुँदैन । दुषित पानीले पेटसँगसम्बन्धी समस्याहरु उत्पन्न हुन्छ । यात्राको क्रममा पनि घरबाट नै पानी बोक्नु उचित हुन्छ । अथवा यात्राको क्रममा बोटल बन्द मिनरल वाटरको प्रयोग गर्न सकिन्छ । बोतल बन्द पानी छनोट गर्दा सधैं शिलबन्दी बोतल मात्र किन्नु पर्छ । सधैं त्यस्तो पानी मात्र किन्नु पर्छ जसमा गुणस्तरीयता कायम भएको छाप होस् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu