Connect with us
Kapilvast Forest

दुर्गाको मूर्ति सेलाउन जाने ट्रयाक्टर दुर्घटना, १० जना घाइते

२०७६, २२ आश्विन बुधबारमा प्रकाशित

दाङ, असोज २२,
दसैंको दिन दाङमा भएका विभिन्न दुर्घटनामा १७ जना घाइते भएका छन्। घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरूलाई उपचारका लागि काठमाडौं, बुटवल र बाँकेका विभिन्न अस्पताल लगिएको छ।

ट्रयाक्टर दुर्घटनामा १० जना घाइते

पूजापछि दुर्गाको मूर्ती राप्ती नदीमा विर्सजन गरेर फर्कने क्रममा भएको ट्रयाक्टर दुर्घटनामा १० जना घाइते भएका छन्। जिल्लाको गढवा गाउँपालिका वडा नं. ५ बोधिपुरस्थित लमही–गढवा सडक खण्डमा रा१त ३२११ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा त्यसमा सवार १० जना घाइते भएका हुन्।

गढवा गाउँपालिका वडा नं. ६ निवासी ५५ वर्षीया अनारकली यादव, ३५ वर्षीया टिकाराम यादव, १४ वर्षीया युवराज यादव, २५ वर्षीय राकेश यादव गम्भीर घाइते छन्। उनीहरूलाई लमहीमा प्रारम्भिक उपचारपछि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको छ।

मंगलबार बेलुका ८ बजेतिर भएको उक्त दुर्घटनाका अन्य घाइतेमा गढवा गाउँपालिका वडा नं. ६ निवासी ८ वर्षीया अनुसा यादव, ११ वर्षीय प्रमेश यादव, १८ वर्षीय रविन्द्रकुमार यादव, ७ वर्षीय जपसन यादव, १५ वर्षीय महेश यादव र ११ वर्षीया अप्सन यादव छन्। घाइतेमध्य अनुसा, प्रमेश र अप्सनाको अवस्था मध्यम खालको रहेको तथा अन्यको अवस्था सामान्ने रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

ट्रयाक्टर चालक दुर्घटनालगत्तै फरार रहेको तथा उनको खोजी भइरहेको प्रहरीले बताएको छ।

इलाका प्रहरी कार्लालय गढवाले अरू ट्रयाक्टरलाई ओभरटेक गर्ने क्रममा दुर्घटना परेको जानकारी दिएको छ। दुर्गाको मूर्ति र पूजा सामग्री राप्ती नदीमा सेलाउन लस्करै ४/५ वटा ट्रयाक्टर गएका थिए। फर्कने क्रममा रा१त ३२११ नम्बरको ट्रयाक्टरले अन्य ट्रयाक्टरलाई ओभरटेक गर्ने क्रममा सडकको ब्लकमा परेपछि ट्रली मात्र पल्टिँदा उक्त दुर्घटना भएको हो।

कार र मोटरसाइकल ठोक्किँदा २ जना घाइते

पूर्व-पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका वडा नं. ८ बिजौरीमा कार र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।

पूर्वबाट पश्चिम आउँदै गरेको बा११च २८११ नम्बरको कारले पश्चिमबाट पूर्व जाँदै गरेको लु२२प २९६० नम्बरको मोटरसाइकललाई मंगलबार बेलुका साढे ६ बजेतिर ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। कार चालक पनि घाइते छन्।

मोटरसाइकल चालक राप्ती गाउँपालिका वडा नं. १ कटेसना निवासी २८ वर्षीय बाबुराम कुमाललाई स्थानीय अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल रेफर गरिएको छ। कार चालक राप्ती गाउँपालिका वडा नं. ३ निवासी ३४ वर्षीय लक्ष्मण चौधरीको भने लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले बताएको छ ।

दुई मोटरसाइकल आपसमा ठोक्किँदा ३ जना घाइते

पूर्व-पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका वडा नं. ७ बनघुस्रीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जना गम्भीर घाइते भएका छन्।

घाइतेमध्ये रा५प ४५०४ नम्बरको मोटरसाइकल चालक लमही नगरपालिका वडा नं. १ सुनडवरी निवासी २७ वर्षीय महेशबहादुर क्षेत्री गम्भीर घाइते भएका छन्। उनको लमही अस्पतालमा उपचारपछि थप उपचार गर्न बाँकेको नेपालगञ्जस्थित नर्सिङ होम पठाइएको छ।

त्यस्तै, रा५प ४५६८ नम्बरको मोटरसाइकल चालक घोराही उपमहानगरपालिका वडा नं. १६ सर्रा निवासी ३४ वर्षीय गुरीलाल चौधरी र पछाडि सवार लमही नगरपालिका वडा नं. ७ बनघुस्री निवासी ३४ वर्षीय कृष्ण चौधरी घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।

मंगलबार बेलुका साढे ४ बजेतिर पूर्वबाट पश्चिम आउँदै गरेको रा५प ४५०४ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा रा५प ४५६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा तीन जना घाइते भएको प्रहरीले जनाएको छ।

दुई अटो आपसमा ठोक्किँदा एक बालक गम्भीर घाइते

तुलसीपुरमा दुई अटो आपसमा ठोक्किँदा एक बालक गम्भीर घाइते भएका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं. १ भमके भन्ने स्थानमा रा१ह २२४६ नम्बरको अटो रिक्सा र रा१ह २२९३ नम्बरको अटो आपसामा ठोक्किँदा स्थानीय ९ बर्षीय सुरज लंक मगर गम्भीर घाइते भएका छन्। मगर रा१ह २२४६ नम्बरको अटोमा सवार थिए।

भारतीय नम्बर प्लेटको कारले ठक्करबाट एक महिला गम्भीर घाइते

भारतीय नम्बर प्लेटको कारले पैदल यात्रुलाई ठक्कर दिँदा मंगलबार दिउँसो दाङमा एक महिला गम्भीर घाइते भएकी छन्।

यूपी ४७ क्यू ८५९७ नम्बरको कारले राप्ती गाउँपालिका वडा नं. ५ जंग्रहवामा स्थानीय ३० वर्षीया कमर जहामियालाई ठक्कर दिँदा गम्भीर घाइते भएकी छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu