Connect with us
Kapilvast Forest

सिसवा स्वास्थ्य चौकीलाई प्रयोगशाला उपकरण

२०७६, ३० आश्विन बिहीबारमा प्रकाशित

कपिलबस्तु, महाराजगंज नगरपालिका वडा नं.९ मा पर्ने सिसवा स्वास्थ्य चौकीमा संचालन भईरहेको प्रयोगशालालाई राष्ट्रिय प्रयोगशाला संचालन निर्देशिका २०७३ अनुसार ुभ्ु वर्गको प्रयोगशालालाई आवश्यक औजार उपकरणहरु हस्तान्तरण गरिएको छ । कपिलबस्तु जिल्लामा रहेको कालिका स्वालम्बन सामाजिक केन्द्र र फेयरमेड फाउन्डेसन नेपालको साझेदारीमा संचालित आधारभूत स्वास्थ्य परियोजनाको आर्थिक सहयोगमा आज एक कार्यक्रमका माझ Centrifuge machine-1, Calorimeter-1, Waterbath-1, VDRL Shaker-1, Hot Air Oven-1, Incubator-1, Micropipette-1, DC Counter-1, Glassware-2 set / Vacutainer-1 set जम्मा रु.९९२४३ बराबरको उपकरणहरु नगरपालिकाको रोहोबरमा स्वास्थ्य संस्थालाई हस्तान्तरण गरिएको थियो ।

गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पु¥याउने उद्देश्यका साथ आधारभूत स्वास्थ्य परियोजनाले प्रयोगशाला उपकरणमा सहयोग गरेको फेयरमेड फाउन्डेसनका बरिष्ठ अधिकृत तुलसीराम खनालले जानकारी गराए । उक्त अनौपचारिक हस्तानतरणमा न.पा. स्वास्थ्य संयोजक, वडा नं. ९ वडा अध्यक्ष, सिसवा स्वास्थ्य संस्था प्रमुख, ल्याब असिस्टेन्ट का साथै कालिका र फेएरमेडका प्रतिनिधि उपस्थिती रहेकोे थियो ।

आगामी दिनमा छिट्टै आधारभूत स्वास्थ्य परियोजनाले ल्यावसेवाको प्रभावकारीता र सेवा प्रवाहलाई टेवा पु¥याउन कपिलबस्तु जिल्लाको शिवराज न.पा.को चनई स्वास्थ्य चौकी र बांणगंगा न.पा. को हथौसा मा समेत प्रयोगशालाका औजार उपकरण उपलब्ध गराउने कालिका स्वावलम्बन सामाजिक केन्द्रकी परियोजना अधिकृत आरती सुनारले जानकारी गराईन् ।

त्यस्तै ल्यावको सेवा प्रवाहका लागी अति आवस्यक सामाग्रीहरु संस्थालाई उपलब्ध गराउदा संस्थाबाट प्रवाह हुने सेवामा अझै प्रभावकारी हुनेमा बिश्वस्थ रहेको भन्दै स्वास्थ्य संस्थाका प्रमुख बेगपाल कुर्मीले सहयोगी संस्थाहरुलाई धन्यवाद समेत ब्यक्त गरे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu