Connect with us
Kapilvast Forest

ट्रम्पविरुद्ध महाअभियोगको तयारी थालेका विपक्षी सांसदहरुले कागजपत्र मागे

२०७६, १४ आश्विन मंगलवारमा प्रकाशित

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको तयारी थालेका विपक्षी सांसदहरुले ट्रम्पले युक्रेनका अधिकारीहरुसँग गरेको कुराकानीको कागजपत्र माग गरेका छन् ।

उनीहरुले युक्रेनका अधिकारीहरुसँग भएका कुराकानीको छानविन गर्न ट्रम्पका निजी वकिल रुडी जियुलियाससँग उक्त कागजपत्र उपलब्ध गराउन माग गरेका हुन् ।

राष्ट्रपतिका निजी वकिल जियुलियाले सांसदहरुले विडेन विरुद्धको भ्रष्टाचारको अभियोगको छानविनका लागि आग्रह गरेको स्वीकार गरेका छन् ।अधिकारीहरुले उक्त विषयको छानविन भएर चाँडै नै महाअभियोगको प्रस्ताव टुंगो लाग्ने विस्वास लिएको बिबिसीले जनाएको छ ।

राष्ट्रपति ट्रम्प र जियुलियानी दुवैले युक्रेनी राष्ट्रपति वोल्डेमाइर जेलेन्स्कीलाई प्रभावित पार्न खोजेको कुरालाई यसअघि नै स्वीकार गरिसकेका छन् ।

ट्रम्प र राष्ट्रपति जेलेन्स्कीबीचको टेलिफोन संवाद बाहिरीएसँगै राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग लगाउने प्रक्रिया सुरु भएको हो ।

यसैबीच राष्ट्रपति ट्रम्पले आफूविरुद्ध महाअभियोगबारे छानविन गरिरहेका कँग्रेसका सांसदहरुलाई देशद्रोहको आरोपमा गिरफ्तार गर्नुपर्ने बताएका छन् ।बिना प्रमाण तल्लो सदनको जासुसीसम्बन्धी समितिका अध्यक्ष डेमोक्र्याटिक नेता एड्म सीफले अमेरिकी तथा युक्रेनी राष्ट्रपतिबीचको टेलिफोन संवादलाई गलतच रुपमा प्रस्तुत गरेको आरोप लगाएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu