Connect with us
Kapilvast Forest

दशैंमा मालसामानको आयात बढ्यो : बेलहिया नाकामा अत्याधिक चाप

२०७६, १४ आश्विन मंगलवारमा प्रकाशित

भैरहवा । दशै–तिहारलाई लक्षित गर्दै व्यवसायीले भारत तथा तेस्रो मुलुकबाट मालसामानको आयात बढाएका छन् ।अन्य समय औद्योगिक कच्चा पदार्थ धेरै भित्रने भैरहवा भन्सारमा अहिले खाद्यान्न, फलफुल, लत्ताकपडा, मरमसला तथा सवारी साधनको आयातमा बृद्धि भएको छ ।भैरहवास्थित बेलहिया नाकाबाट दसैं, तिहारका लागि एक अर्बभन्दा बढीको लत्ताकपडा आयात हुने गरेको छ ।

भैरहवा भन्सार कार्यालयका प्रमुख कमलप्रसाद भट्टराईले चाडपर्वका लागि खाद्यान्न, फलफुल, लत्ताकपडा, मरमसला तथा सवारी साधनको आयातमा बृद्धि भएको जानकारी दिए ।

भैरहवा नाकाबाट साउनमा ३० करोड ७४ लाख रुपैंयाको सुर्ती तथा तयारी कपडा आयात भएको थियो । भदौ र असोजमा ३५ देखि ४० करोड रुपैंयाको लत्ताकपडा आयात हुने भन्सार कार्यालयले जनाएको छ ।

पछिल्लो समय भारतलगायत तेस्रो मुलुकबाट लत्ता कपडा, खाद्यन्न, सवारी साधनको आयात बढेको सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले बताए ।

दशैंकै लागि यो नाकाबाट फलफूल भित्रने क्रम पनि बढ्दो छ । स्याउ, काँचो केरा, भुइँकटहर, अनार यो नाकाबाट धेरै भित्रिन्छ ।दैनिक ५० देखि ७५ गाडी फलफूल भित्रिने यो नाकाबाट असोज लागेसगै दैनिक एक सयभन्दा बढी फलफूलका गाडी नेपाल भित्रिरहेको भन्सार कार्यालयले जनाएको छ ।व्यापारीहरुले गत साउनदेखि नै सवारी साधनको आयात पनि बढाएका छन् । यो नाकाबाट वार्षिक साढे २३ अर्ब बराबरको सवारी साधन आयात हुने गरेको छ ।

आयातको झन्डै ४० प्रतिशत कारोबार दसैंतिहारको समयमा हुने गरेको जगत मोर्टस प्रालीका सञ्चालक रिश्चल थापाले बताए ।

दसैं सुरु भएसँगै बुटवल, भैरहवाजस्ता ठूला सहरमा चारपाँग्रे गाडीको बिक्री ह्वात्तै बढेको छ ।दसैंमा देवी देवताका मुर्ती, इलेक्ट्रोनिक सामान टिभी, क्यामेरा, झालर लाइट, मोबाइलजस्ता सामानको बिक्री उल्लेखनीय बढ्ने व्यापारीहरु बताउँछन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu