Connect with us
Kapilvast Forest

बालबालिका लाई शिक्षा मात्र होइन संस्कार पनि देऊ

२०७६, १५ आश्विन बुधबारमा प्रकाशित

 शिक्षाले  मानव जातिको सर्वाङ्गीण विकास गराउँछ त्यसमा कुनै संदेह नरहेको कुरा स्पष्ट छ, तर बर्तमानको सन्दर्भमा  बालबालिका लाई यदा कदा  अश्लील भिडियो, तस्बिर , व्यभिचार,  कुसंगत ईत्यादि पक्षले  अत्यन्त प्रभावित बनईरहेको छ,  त्यहि भएको हुनाले  कलिला बालबालिकालाई  यस्ता दुष्प्रभाव बाट  बचाउन अत्यन्त जरुरी छ।

बर्तमान युग बिग्यान तथा प्रविधिको युग हो, र हरेक बालबालिकाले यसको उच्चतम प्रयोग गर्न पाउनु पर्ने हो  तर  त्यसको साथ साथै  बिग्यान तथा प्रविधिको उच्चतम प्रयोग बाट हुन सक्ने  शारीरिक, सामजिक,  मानशिक संकट लाई पनि  अवहेलना नगरे बेस हुन्छ।
प्रायः बालबालिका लाई  यौनावस्था एवं किशोरावस्थामा  बढि रिस उठने गर्छ  त्यहि भएको हुनाले बालबालिकाको  आकस्मिक रिस जस्तो उच्चतम संबेग लाई समयमा नियन्त्रण गर्ने तरिका समेत असल अभिभावकले  बालबालिका लाई जानकारी गराउनु पर्छ ।
बर्तमान समयमा  संस्कार को उच्च आभाव भएको हुनाले  बालबालिका हरु सामाजिक  विकृति जस्ता  आमानबिय गतिबिधिमा  संलग्न भईरहेका छन् र  त्यस्तो  आकल्पनिय  गतिबिधि  मानव र  मनवताको  साथ साथै  समाजको लागि कदापि हितकारी छैन ।
संस्कारको  अभावमा  समाजको  बिकास  हुनसक्दैन यदि  समाजको  बिकास भएन भने  राज्यो  विकासको  बारेमा  नसोचे  हुन्छ किनभने  राज्यको मेरुदण्ड  बर्तमान युगका  युवा नै हुन।  हामी सार्वभौम सत्ता सम्पन्न नेपाली को लागी युवा नै  आशाको आधार हुन  त्यहि भएर युवाको  उत्थान नगरे सम्म  केहि हुदैन,  र युवाको  उत्थान गर्नेको  लागि  युवा लाई  प्रशिक्षित  गर्नु  नितान्त  आवाश्यक छ  , र  त्यो  प्रशिक्षण  संस्करले  मात्र सम्भव हुन्छ।
युवा अोजस्बि ,योग्य ,गुणवान  ,साहसी मात्र भएर हुदैन बरु  दयावान पनि हुनु पर्छ तयो  कोहिनुर जस्तो  (दया)  संस्कार  बाट मात्र प्रफुल्लित हुन सक्छ। युवा  महाऋषी दयानन्द,  स्वामी विवेकानन्द,  जस्तो हुनु पर्छ किनभने  ब्यक्तिगत  विकास लाई  मात्र केन्द्रित नभएर  बरु  समाज र  राष्ट्रको  बारेमा  सोचने  युवा हुनु पर्छ। राष्ट्रवादी संस्कारित  युवा  राष्ट्रको  धरोहर हुन र  ति  युवालाई  विकसित गर्नु  अग्रजबर्गको  करतब्य  हो।
  • कानूनी उपचारले  ब्यक्तिको  अधिकार सुनिश्चित गर्न सक्छ तर संस्कारले सुख दु:ख बिच सन्तुलन कायम गर्छ । तत्कालीन समयमा  एक अर्का लाई  पराजीत गर्ने को लागि  मान्छे हरु कुनैपनि हद पार गर्न उत्साहित देखिएका छन् र  यस्तो  हुनु अथवा गर्नु  मानवजातिको लागि अभिषाप वाहेक केहि हुन सक्दैन। सकारात्मक प्रतिश्पर्धा समाजको उन्नतिको  लागि  हुनु पर्छ तर  ब्यक्तिगत उत्थान को लागि  समाजको हित  लाई  प्रभावित गर्नु हुदैन। बाकबालिका को  गलत बानि विकास हुनु मा कतै न कतै  अभिभावकको  दोष  देखिन्छ।
    बशिष्ठ तिवारी प्रकाशित मिति : 2 October, 2019
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu